नेपाली ‘अटो बजार’ मा विद्युतीय गाडीकै दबदबा, ‘नाडा अटो शो’को मुखैमा भित्रिए ३८१ वटा इभि « Arthapath.com
२४ असार २०८२, मंगलबार

नेपाली ‘अटो बजार’ मा विद्युतीय गाडीकै दबदबा, ‘नाडा अटो शो’को मुखैमा भित्रिए ३८१ वटा इभि



काठमाडौं । साउन महिनामा झन्डै चार सय वटा विद्युतीय सवारी (कार,जीप र भ्यान) भित्रिएका छन् ।

भन्सार विभागले सार्वजनिक चालु आर्थिक वर्ष २०८१–८२ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार साउन महिनामा विभिन्न तौल क्षमताका ३८१ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

सो महिनामा ८९ करोड ७० लाख २१ रुपैयाँ बराबरको विद्युतीय सवारी नेपाल भित्रिएका हुन् । अघिल्लो आवको साउनको तुलनामा भने इभि आयात साढे तीन गुणा बढी हो । अघिल्लो आवको साउनमा ३४ करोड ६ लाख रुपैयाँ बराबरको ११० वटा इभि आयात भएका थिए ।

पछिल्लो समय नेपाल अटो बजारमा विद्युतीय सवारीको दबदबा छ । महिनौपिच्छे ठुलो परिणामा विद्युतीय सवारी आयात हुने गरेको छ ।

नेपालमा छिमेकी मुलुक चीन, भारत, कोरिया, जर्मन, अमेरिकिा र इन्डोनेसिया लगायतका मुलुकहरुबाट विद्युतीय गाडी आयात हुने गरेको छ । हाल ती मुलुकहरुबाट ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका इभि आयात हुँदै आएका छन् । हाल नेपालमा विश्व बजारका लोकप्रिय ब्रान्डको विद्युतीय कार, जिप, भ्यानहरू उपलब्ध छन् । हाल बिवाइडी, हुण्डाई, किया, महिन्द्रा, टाटा, एमजी र जस्ता चर्चित ब्रान्डको विद्युतीय कारहरू नेपालमा धेरै लोकप्रिय छन् ।

साउनमा ५० किलोवाटका १६१ वटा, ५१ देखि १०० किलोवाटका २१६ वटा, १०१ देखि २०० किलोवाटसम्मका १०१ वटा विद्युतीय सवारी आयात भएका छन् । विभागका अनुसार २०१ देखि ३०० किलोवाटका भने २ वटा मात्रै आयात भएको छ । यस्तै, ३०० किलोवाट भन्दा बढी मोटर पिक पावर भएको भने एक वटा मात्रै आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।

साउनमा चीनबाट सबैभन्दा धेरै ५५ करोड ६२ लाख रुपैयाँ बराबरको २०१ वटा इभी आयात भएको छ । यस्तै, भारतबाट ३२ करोड ७६ लाख बराबरको १७८ वटा र जर्मनबाट १ वटा मात्रै इभि आयात भएको छ ।

‘नाडा अटो शो २०२४’ लक्षित गरेर व्यवसायीहरुले इभि आयात गरेको अनुमान गरिएको छ । यद्यपि, अटो शो लक्षित नभई बजार माग अनुसार नै आयात भएको व्यवसायीहरु बताउँछन् । पछिल्लो समय नेपालमा विद्युतीय सवारीप्रतिको क्रेज अत्याधिक बढ्दो छ ।

यो वर्ष नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ११ गतेदेखि १६ गतेसम्म नाडा अटो शोको आयोजना गरेको छ ।
बृहत प्रदर्शनीमा वटा २४ चारपाङ्ग्रे बान्डहरू, १९ वटा दुई पाङ्गे १२ हल्का व्यावसायिक सवारी साधन बान्डहरू प्रदर्शन गरिने नाडाले जनाएको छ।

यस्तै, ३३ कम्पनीहरू जुन सुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटी कम्पीनेन्टहरूमा विशेषज्ञ छन् । यो वर्षको नाडा अटो शोमा पनि इलेक्ट्रिक गाडीहरुकै चहलपहल हुने पक्का भएको छ । यो वर्षमा यसअघिका शो भन्दा धेरै विद्युतीय गाडी नै सहभागि हुने नाडाले जनाएको छ । झन्डै प्रदर्शनीमा झन्डै ७० प्रतिशत इलेक्ट्रिक गाडी सहभागि हुँदैछन् ।

नाडाका अनुसार बीवाईडीको एम सिक्स, हुन्डाईको क्रेटा फेस लिफ्ट टाटा पन्च ईभी, डिपल एल जेरो सेभेन, भिनफाष्टको भीएफ फाईभ, केई, जिकर, लुमिन लगायतका ब्राण्डहरु प्रदर्शनीमा राख्न लागिएको छ ।


प्रतिक्रिया दिनुहोस्