४ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई सेबोनको अनुमति « Arthapath.com
१२ भाद्र २०८१, बुधबार

४ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई सेबोनको अनुमति



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको हो ।

बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको १ हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । सो बराबरको ऋणपत्र निष्कासनका लागि बोर्डले गत भदौ २ गते स्वीकृति दिएको हो ।

बैंकले कुल कित्तामध्ये १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारण छुट्याएको छ । बाँकी २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ बराबरको रहेको २४ लाख २४ हजार कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।

यसको अवधिमा १० वर्ष रहेको छ भने वार्षिक ब्याजदर १० प्रतिशत छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्