नाडा अटो शो : पन्च इभिको नेपालमा उत्साहजनक सुरुवात, पहिलो दिनमै १०० बढी बुकिङ्ग « Arthapath.com
२४ असार २०८२, मंगलबार

नाडा अटो शो : पन्च इभिको नेपालमा उत्साहजनक सुरुवात, पहिलो दिनमै १०० बढी बुकिङ्ग



काठमाडौं । ‘टाटा पन्च इभि’को नेपालमा उत्साहजनक बिक्री सुरुवात भएको छ । टाटा इभि नाडा अटो शो २०२४ मा बिक्रि सुरु गरेको हो ।

मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डमा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले यो वर्षको अटो शो सुरुवात गरेको छ । नेपालका लागि टाटा मोर्टर्सको आधिकारिक वितरण सिप्रदी टेडिङ्गले ‘नाडा अटो शो २०२४’ को अवसर पारेर पञ्च इभि सार्वजनिक गरेको हो ।

बिक्रि सुरु गरेको पहिलो दिनमै नेपालभरी १०० भन्दाी बुकिङ्ग भएको कम्पनिले जनाएको छ । कम्पनिले केही दिन अघि बाट टाटा पन्च इभिको प्रि–बुकिङ्ग सुरु गरिसकेको थियो । टाटा पन्च इभी शुरुवाति मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो ।

यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ । साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको पनि घोषणा गरेको छ ।

‘टाटा पन्च इभिलाई लिएर नेपालमा जुन प्रकारको उत्साह थियो, त्यो बुकिङ्गमा पनि देखिएको छ । विगतमा पनि टाटा मोटर्सले सधै नेपाली जनताको चाहअनुसारको गाडीहरु ल्याउन सफल भएको छ र यो पन्च इभिको सकारात्मक सुरुवात देखेर यसमा सफल भएको महसुस गरेका छौ’, सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले भने ।

गत वर्ष नाडाबाटै बिक्रि सुरु गरिएको टियागो इभि नेपालको सर्वाधिक बिक्रि हुने इभि ह्याचब्याक बन्न सफल भएको थियो । पन्च इभिले पनि नेपालमा राम्रो बजार लिनेमा विश्वस्त रहेको सिजापतिले बताए ।

यसका साथै टाटा इभि नाडा अटो शो २०२४ टियागो इभिको हरेक बुकिङ्गमा ग्राहकहरुले जोडीको लागि थाइलेडं यात्रा पाउनका साथै ग्राहकहरुले १ वर्षको सवारी कर र एक्सेसरिज प्राप्त गर्नेछन ।


प्रतिक्रिया दिनुहोस्