उतार-चढावका बीच ३६.८३ अंक घट्यो सेयर बजार « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

उतार-चढावका बीच ३६.८३ अंक घट्यो सेयर बजार



काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । दिनभरीको उतारचढावका बीच बजार ३६.८३ अंकले घटेको हो ।

साताको अन्मि कारोबार दिन बजार परिसूचक २७ सय ४९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन म्युचुअल फन्ड झिनो (शून्य दशमलव शून्य २ प्रतिशत) अंकले वृद्धि भएको छ । तर, यी बाहेकका सबै समूहरु राताम्मे बनेका छन् ।

उक्त दिन बैंकिङ समूह २८.८२ अंक, विकास बैंक ६२.०६, फाइनान्स ३४.०६, होटेल तथा पर्यटन १३२.५०, जलविद्युत ४.७८, जीवन बीमा समूह २८८.८१, निर्जीवन बीमा समूह २५२.३३, माइक्रोफाइनान्स १०५.११ अंकले घटेको छ ।

उक्त दिन १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँ बराबरको २ करोड ८३ लाख ४६ हजार २४६ सेयर खरिदबिक्री भएको छ।

उक्त दिन सबैभन्दा धेरै सेयर गुडविल फाइनान्सको खरिदबिक्री भएको छ । सो कम्पनीको आज ३६ करोड ६५ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

कारोबार रकमका आधारमा दोस्रो सूचीमा रहेको अपि पावरको ३६ करोड ६४ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ५६ लाख १३ हजार, नेपाल फाइनान्स ३४ करोड ३ लाख ८० हजार र राधी विद्युतको ३१ करोड ९४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्