सस्ताे मुल्यमै लग्जरी गाडी ‘नामी’मा दर्शकको भिड, तीन दिनमा २०० युनिट बुकिङ

काठमाडौँ । काठमाडौँमा भलै ‘रेस्टुरेन्ट कल्चर’ कमजोर भयो, तर ‘कार कल्चर’ बढ्दै छ । मानिसहरु आफ्नो कमाइको स्तर उकासिएसँगै सबैभन्दा पहिलो खर्च गर्ने नै गाडीमा हो भन्ने सोचाइ बन्न थालेको छ ।
घरजग्गा जोड्न ज्यादै महँगो पर्ने, तर सानै बचत खर्चेर पनि कार चढ्न सकिने अवस्था बन्दै गएको छ । काठमाडौँमा बढ्दै गएको मध्येम वर्गको निम्ति कार प्रतिष्ठा र आवस्यकता दुबै बन्न थालेको छ । यस्तो बेला पहिलो पल्ट कार चढ्न खोज्ने ठूलो समूदायले सस्तो भाउमा राम्रो गाडीको खोजि गरिरहेको हुन्छ ।
अहिलेको नाडा अटो शो मा पनि यस्तै गाडीको खोजि गर्नेहरु धेरै देखिएका छन् । त्यस्ता ग्राहकका लागि सबैभन्दा राम्रो विकल्प लिएर आएको छ, नामी ।
सस्तो मूल्यमा ‘लक्जरियस’ विद्युतीय गाडी, त्यो पनि पर्याप्त ‘ग्राउन्ड क्लियरेन्स’ र ‘रेन्ज’को साथमा । आउँदै गरेको तिजमा माइत जान, दशैंमा गाउँघर र ससुराली जान सस्तैमा गजबको कार पाइएको छ । कतिपयले त वर्षौँदेखि शरद ऋतुमा घुम्नजाने रहर पालेर बसेका हुनसक्छन् । उनीहरुका लागि पनि यो नाडा अटो शो र ‘नामी’ गजब राम्रो विकल्प बनेको छ ।
सेफ्टी फिचर अर्थात् सुरक्षा प्रबन्धमा ‘फाइभ स्टार रेटिङ’ पाएको यो गाडी अरु कयौँ आधुनिक सुविधा सहित ‘फिचर लोडेड’ भएर आएको छ । यसै कारण यो वर्षको नाडा अटो शोमा भ्रमण गर्नेहरुले सर्वाधिक चासो राखेका केही गाडीमध्ये यो पनि एउटा हो ।

विहीबारसम्म अर्थात् अटो शो सुरु भएको तीन दिनमै २०० हाराहारी नामी गाडी बुकिङ भइसकेको वितरक ‘मोरङ अटो वक्र्स (एमएडब्ल्यू) बृद्धि’ले जनाएको छ । अटो शोमा भ्रमण गर्ने अवलोकनकर्ता र खरीदकर्ताको घुइँचो लागेको छ ।
तीन भेरियन्टमा उपलब्ध
चिनियाँ अटो निर्माता डोङफेङ मोटर्सले उत्पादन गरेको यो गाडी अहिले नाडा अटो शोमा तीन भेरियन्टमा उपलब्ध छ । नामीले मोडेल ई–१ ई–२ र ई–३ गरी तीन भेरियन्टमा गाडी नेपाल ल्याएको हो ।
ई–वान र ई–टु भेरियन्टमा ३१.४ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसमा मोटर भने ७० किलोवाटको पाउन सकिन्छ । सानो ब्याट्रीको ‘वल्डवाइड हार्मोनाइज्ड लाइट भेहिकल टेस्ट प्रोसेडुअर (डब्लूएलटीपी)’ रेन्ज २३७ किलोमिटर रहेको छ ।
टप भेरियन्टको रुपमा ल्याइएको ई–थ्रीमा भने ४२.३ किलोवाट आवरको ब्याट्री छ । यो गाडीमा पनि मोटर क्षमता भने समान ७० किलोवाटमै उपलब्ध छ । उत्रै मोटर, तर ठूलो ब्याट्री भएकाले यसको रेञ्ज बढी आउँछ । ठूलो ब्याट्रीको रेन्ज ३१७ किलोमिटर रहेका डब्लूएलटीपीबाट प्रमाणित भएको छ ।

नामीका सबै भेरियन्टमा दुई वटा एयर ब्याग दिइएको छ । यसमा दिइएको भेहिकल स्टेविलिटी एसिस्टेन्ससँग इबीडीसहितको एबीएस, हिल स्टार्ट एसिस्ट, इलेक्ट्रोनिक्स स्टेवलिटी कन्ट्रोल, ब्रेक एसिस्ट, ट्रयाक्सन कन्ट्रोल र एडास फिचर लगायतका थुप्रै फिचरहरु उपलब्ध छन् ।
स्लीक डिजाइन, सबै एलइडी लाइट, १७ इन्चको अलोय ह्वील, फ्लस ह्याण्डलबार, फ्रेमलेस डोर, ड्यूल टोन बडी कलर उपलब्ध कारमा लग्जरी क्याबिन पाउन सकिन्छ । मेमोरीसहितको वेलकम सिट,१२.८ इन्चको एचडी स्क्रिन, वायरलेस चार्जरजस्ता फिचर यसमा समाविष्ट छन् ।
पाँच इन्चको इन्फर्मेशन डिस्प्ले, ३२ कलरमा एम्बियन्ट लाइट उपलब्ध कारमा ३६० डिग्री क्यामेरा दिइएको छ । यसमा नर्मल, इको र स्पोर्टस् गरी तीन ड्राइभिङ मोड पाउन सकिन्छ ।
बाइककै मूल्यमा किन्न सकिने
नेपाली बजारमा उपलब्ध कयौँ प्रिमियम गाडीमा रहेका फिचर्सहरुले भरिपूर्ण यो कार ज्यादै सस्तो मूल्यमा किन्न पाइन्छ । अझ भनौँ, एउटा मोटरसाइकल किन्न खोजिरहेका ग्राहकले पनि यो कार किन्न सक्छन् ।
कम्पनीले ई–वान भेरियन्टको मूल्य २९ लाख ९९ हजार, ई–टु भेरियन्टको ३१ लाख ९९ हजार र ई–थ्री भेरियन्टको ३४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यसको सुरुआति भेरियण्टको गाडी किन्न जम्मा ६ लाख रुपैयाँ डाउन पेमेण्ट तिरे पुग्छ । यो एक सामान्य मोटरसाइकलको मूल्य बारबर हो ।

ईभी खरीदमा ८० प्रतिशतसम्म बैंक ऋण पाइने भएकाले यस्तो सुविधा भएको हो । यसरी गाडी किन्दा मासिक ३७ हजार ४ सय हाराहारी किस्ता तिर्नुपर्ने हुन्छ । तर तपाइँको मासिक आम्दानी कम छ वा गाडीमा मासिक आम्दानीबाट कम मात्रै रकम खर्च गर्न चाहनुहुन्छ भने किस्ता घटाउन पनि सक्नुहुन्छ ।
यसका निम्ति तपाइँले सुरुमा ५० प्रतिशत डाउनपेमेन्ट तिर्नुपर्ने हुन्छ । त्यो भनेको पनि १५ लाखमात्र हो । अहिले पनि पेट्रोलियम गाडी किन्दा ५० प्रतिशत डाउनपेमेण्ट गर्नुपर्ने प्रावधान नेपाल राष्ट्र बैंकको छ । यसरी सुरुमा बढी पैसा तिरेर किन्नु भयो भने मासिक २३ हजार ४ सय हाराहारी मात्रै किस्ता तिरे पुग्छ ।
अहिले बैंकहरुले ८ प्रतिशत स्थिर ब्याजमा कर्जा सुविधा दिने भनेर नाडा अटो शो भित्रै स्टल मार्फत् मार्केटिङ गरिरहेका छन् । यस्तो कर्जा ७ वर्षका लागि लिने आधार बनाएर हामीले यो हिसाब निकालेका हौँ ।