नाडा अटो शो : चौथो दिन पनि अवलोकनकर्ताको घुइँचो (फोटोफिचर) « Arthapath.com
२४ असार २०८२, मंगलबार

नाडा अटो शो : चौथो दिन पनि अवलोकनकर्ताको घुइँचो (फोटोफिचर)



काठमाडौं । गत मंगलबारबाट सुरू भएको सवारी साधन प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ मा चौथो दिन पनि अवलोकनकर्ताको भिड लागेको छ ।

सुरू दिनदेखि नै सहभागीहरूको उल्लेख्य सहभागिता रहेको अटो शो हजारौं अवलोकनकर्ताले सहभागिता जनाइसकेका छन् ।

गत वर्षभन्दा यो पटक अवलोकनकर्ताको उपस्थिति राम्रो रहेको आयोजकले जनाएको छ । अटो शोमा विद्युतीय सवारीको बाहुल्यता देखिन्छ ।

शोमा राखिएकामध्ये ८० प्रतिशत गाडी विद्यूतीय रहेका छन् । प्रर्दशनीमा बीवाइडी, टाटा, हुन्डाई, एमजी, नेटा, स्काईवेल, किया, महिन्द्रा, दिपल, सेरेस, जीएसी एवोन, ओमोडा र सिट्रोन लगायत कम्पनीका विद्युतीय कार आकर्षणका रुपमा रहेका छन् ।

अटो शो मा २४ वटा ब्राण्डका चार पाङ्ग्रे, १० ब्राण्डका दुई पाङ्ग्रे, र १२ ब्राण्डका हल्का गाडी छन् । यसका साथै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य सामग्रीका स्टल पनि रहेका छन् ।

७५ हजार जनाले मेला अवलोकन गर्ने आयोजकको अनुमान छ । कुम्भ मेला आइतबारसम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्