‘नाडा अटो शो’मा बीवाईडी ३ मोडेल : यस्ता छन् आकर्षक फिचर, कुनको मूल्य कति ? « Arthapath.com
२४ असार २०८२, मंगलबार

‘नाडा अटो शो’मा बीवाईडी ३ मोडेल : यस्ता छन् आकर्षक फिचर, कुनको मूल्य कति ?



काठमाडौँ । यस वर्षको नाडा अटो-२०२४ काठमाडौं भृकुटीमण्डपमा भइरहेको छ । अटो शोमा बीवाईडी सवारी साधनको आधिकारिक बिक्रेता साईमेक्स इंकले पनि आफ्नो सवारी साधनहरु प्रदर्शनीमा राखेको छ । नाडा अटो शो मा बीवाईडीले विभिन्न ३ मोडेलको गाडीहरू प्रदर्शनीमा राखेको छ । कम्पनीले नाडा अटो शोमा ‘बीवाइडी एटो थ्री’ एडभन्स भर्सन र सुपेरियर भेरियन्ट तथा बीवाइडी डल्फिन समेत प्रदर्शनीमा राखेको छ ।

कम्पनीले नाडा अटो शोमा बुकिङ गर्नेलाई १ वर्षको इन्स्योरेन्स समेत प्रदान गर्नेछ । कम्पनीले क्यास डिस्काउन्ट भने गरेको छैन ।

‘सिलायन–०७’
नाडा अटो शो २०२४ मा बीवाईडीले नयाँ गाडी ‘सिलायन–०७’ भित्र्याएको छ । सिलायन–०७ दुई ब्याट्री अप्सन ७१.८ र ८०.६४ किलोवाट आवरमा रहेको छ । एक पटकको फुल चार्जमा ५ सय ५० किलोमिटर र लङ रेन्जले ६ सय १० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

सिलायनको इन्टेरियरमा मसाज फङ्सनसहितको भेन्टीलेटेड सिट, नयाँ डिजाइनको फोर स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, १५.६ इन्चको रोटरी इन्फोटेन्मेन्ट स्कृन छन् । साथै यसमा १२ वटा अल्ट्रा सोनिक सेन्सर, ५ एमएम वेभ राडार, ११ वटा ओम्नी भ्यू क्यामरा दिइएको छ ।

त्यसैगरी १२ वटा स्पीकर, ५० वाटको वायलेस चार्जर, ५० इन्चको एआर एचयूडी, इलेक्ट्रोक्रोमिक मुनरुफ, नापा लेदर सिट दिइएको छ । कारको लम्बाइ ४८ सय ३० एमएम, चौडाइ १९ सय २५ एमए, उचाइ १६ सय २० एमएम रहेको छ। यो भने सार्वजनिक गरेपश्चात शोरुम लगिएको कम्पनीले जनाएको छ

नयाँ भर्सनको बीवाईडी एट्टो-३

केही दिन अघि मात्र सार्वजनिक गरिएको बीवाईडी एट्टो ३ को २०२४ भर्सन पनि नाडा अटो शोको प्रदर्शनीमा राखेको छ। बीवाईडी एटो थ्री को २०२४ भर्सनमा धेरै आकर्षक अपग्रेड गरिनुका साथै नयाँ फिचर थप गरिएको कम्पनीले जनाएको छ। नयाँ विशेषतामा बीवाईडी एप्लिकेसन रहेको छ । जसले एपले ड्राइभिङ अनुभवलाई सहज तरिकाले नियन्त्रण प्रदान गर्न सहयोग गर्ने, एपमार्फत गाडीको रेन्ज, पावर लेभल चेक, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भए वा नभएकोबारेमा थाहा पाउन सकिनेछ ।

बीवाईडी एट्टो ३ को इन्फोटेनमेन्ट सिस्टमलाई अपग्रेड गरी १५.६ इन्च बनाइएको छ। गाडीमा सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीका दुवै भेरिएन्ट हाई–पर्फमेन्स कन्टिनेन्टल टायर राखिएको छ। बीवाईडी एट्टो ३ को नयाँ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध छ।

एड्भान्स्डमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक छ। यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ। त्यसैगरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक छ। यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ रहेको छ। बीवाईडी एट्टो ३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्की ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध छ।

बीवाइडी डल्फिन

नाडा अटो शोमा ‘बीवाइडी डल्फिन’ पनि प्रदर्शनीका लागि राखिएको छ । जसको मूल्य ४१ लाख १५ हजार रुपैयाँ तोकेको छ । डल्फिनमा ४४ दशमलव ९ किलोवाट आवरको ब्लेड ब्याट्री रहेको र एकपटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

यस्तै ७० किलोवाट क्षमताको मोटर छ । यसमा १६ इन्चको अलोय ह्विल र १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ। यस्तै ह्विलबेस २ हजार ७ सय एमएम छ।

यो गाडीमा १२.८ इन्चको फ्लोटिङ टच स्क्रिन कन्सोल, ३६० डिग्री क्यामेरा, इलेक्ट्रिकल्ली एड्जस्ट गर्न मिल्ने सिट, प्यानारोमिक सनरुफ, ५ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टरलगायत फिचर छन्। गाडी ४ वटा कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्