एकल परिवारका लागि सर्वोत्कृष्ट विकल्पः केवी ‘ई–क्युट ०२’ « Arthapath.com
२४ असार २०८२, मंगलबार

एकल परिवारका लागि सर्वोत्कृष्ट विकल्पः केवी ‘ई–क्युट ०२’



काठमाडौँ । केवी ब्राण्डका गाडीहरु ३ वटा मोडल अहिले अटो शोमा राखिएको थियो । तीन वटा ढोका भएको ‘ई–क्युट ०२’ र पाँचवटा ढोका भएको ‘ई–क्युट ०४’ मोडल बजारमा उपलब्ध छ । एसयुभीमा चाहीँ ‘एक्स थ्री प्रो’ भन्ने अर्को मोडल पनि नेपालमा विक्री भइरहेको छ ।

अहिले नेपालमा सानो अर्थात् ३ वटामात्रै ढोका भएको गाडीमा पनि निकै राम्रो आकर्षण देखिएको विक्रेता कम्पनीले जनाएको छ । ‘ई–क्युट ०२’ मा पनि दुई भेरेयिण्टमा गाडी उपलब्ध छ । यसका ब्याट्रीको क्षमता मात्रै फरक पर्छ ।

‘ई–क्युट ०२’ का दुबै भेरियण्टमा ४० किलोवाटको मोटर जडान गरिएको छ । यी दुबै विद्युतीय गाडी हुन् । तर यसमध्ये एउटा भेरियण्टले एक पटक फुल चार्ज गरेपछि २०० किलोमिटर रेञ्ज दिन्छ भने अर्को भेरियन्टले एक पल्टको फुल चार्जमा ३०० किलोमिटर रेञ्ज दिन्छ ।

मूल्य पनि त्यसै अनुसार भिन्न छ । २०० किमि रेञ्ज दिने गाडीको भाउ १९ लाख ९६ हजार र ३०० किमि रेञ्ज दिने गाडीको भाउ २२ लाख ९६ हजार तोकिएको कम्पनीले जनाएको छ ।

आकर्षक बनावट, फिचर लोडेड भएकाले यो गाडीमा धेरैले आँखा लगाएका छन् । नेपालका साँघुरा बाटोमा सजिलै गुडाउन सकिने, पार्किङको समस्या भोग्न नपर्ने र धेरैजसो एक्लै वा दुई जना यात्रा गर्ने ग्राहकका लागि यो गाडी निकै उपयुक्त विकल्प हुने छ ।

चिनियाँ ब्राण्डको यो गाडी नेपालमा लक्ष्मी इलेक्ट्रिक मोबिलिटीले विक्री गरिरहेको छ । यसमा हामीलाई चाहिने सबै अनिवार्य फिचर्सहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । एयरब्याग, एबीएसजस्ता सुरक्षा उपकरणमात्र होइन, बडी बिल्ड क्वालिटी पनि निकै राम्रो रहेको दाबी कम्पनीको छ ।

कम्फर्ट सिटिङ भएको यो गाडी सानो वा एकल परिवारका लागि असाध्यै उपयुक्त छ । १६५ एमएमको ग्राण्ड क्लियरेन्स रहेकाले सामान्य अफरोड र खाल्डाखुल्डीमा पनि गाडी चलाउन सहज हुने अवस्था छ । १५ इञ्चको टायर राखिएकाले ‘ई–क्युट ०२’ लाई साँच्चै सानो गाडी होइन की, मिडियम साइजको गाडीको भान दिन्छ ।

कम्पनीले नाडा अटो शो मा बूक गर्ने ग्राहकका लागि सस्तो मूल्यमात्रै उद्घोष गरेको छैन, अन्य छुट तथा सुविधा पनि दिने भनेको छ । नाडामा बूक गर्ने ग्राहकले ‘ई–क्युट ०२’ मा ४० हजारसम्म नगद छुट पाउन सक्छन् भने बीमा सुृविधा र रोड ट्याक्समा पनि छुट पाउने छन् ।

कम्पनीले मोटर र हाइभोल्टेज ब्याट्रीका लागि ८ वर्ष वा डेढ लाख किलोमिटरसम्म वारेन्टी, १८ वटा अर्थात् ६ वर्षका लागि फ्रि सर्भिसिङ लगायतका सुविधा दिइएका छन् ।

ठिक्कको साइज र आकर्षक डिजाइनका कारण यो गाडीको बूकिङ पनि निकै राम्रो छ । मानिसहरुले यसलाई औधि मन पराएको कम्पनीले जनाएको छ । यो नेपालको घरेलु अटो शोमा राखिएका सस्ता गाडीहरु मध्ये एक हो ।


प्रतिक्रिया दिनुहोस्