नबिल बैंकको विशेष साधारण सभा आज बस्दै « Arthapath.com
७ असार २०८२, शनिबार

नबिल बैंकको विशेष साधारण सभा आज बस्दै



काठमाडौं । नबिल बैंक लिमिटेड विशेष साधारण सभा आज अर्थात् भदौ १७ गते बस्दै छ ।

साउन २७ गते आइतबार बैंकको केन्द्रिय कार्यालयमा बसेको नबिल बैंकको सञ्चालक समितिको ६६२ औं बैठकले आज विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

विशेष साधारण सभामा “नबिल ८प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर“ जारी गर्ने एजेन्डा छ । यस्तै, अधिकृत र जारी तथा चुक्ता पूँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरुमा सेयरधनीबीच छलफल गरी निर्णय गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले भदौ ७ गते बुक क्लोज गरेको छ । भदौ ६ गते बिहीबारसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्