सानिमा क्यापिटलका ३ वटा म्युचुअल फन्डले कहिलेलाई तोके बुक क्लोज मिति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सानिमा क्यापिटलका ३ वटा म्युचुअल फन्डले कहिलेलाई तोके बुक क्लोज मिति ?



काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्डले बुक क्लोजका लागि मिति तय गरेका छन् ।

सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डले बुक क्लोजका लागि मिति तय गरेका हुन् ।

लाभांश वितरण प्रयोजनका लागि यी तीनै वटा फन्डहरुले आगामी भदौ २६ गते बुक क्लोज गर्ने भएका छन् । त्यसकारण भदौ २५ गतेसम्म कायम रहने इकाईले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

आफ्ना इकाईधनीहरुलाई सानिमा इक्विटी फन्डले १५ प्रतिशत, सानिमा लार्ज क्यापले १० प्रतिशत र सानिमा ग्रोथ फन्डले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्