सेयर बजारको बढोत्तरी कायमै, एनएलजी इन्स्योरेन्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । सेयर बजारको बढोत्तरी कायमै रहेको छ । साताको तेस्रो कारोबार दिन पनि बजार ६.९० अंकले वृद्धि भएको छ।
सोमबार पनि १२३ अंकले वृद्धि भएको थियो । आज बजार परिसूचक २ हजर ८३०.१६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज विकास बैंक समूह ७४.०८ अंकले होटल तथा पर्यटन ४७.७४ अंक, जीवन बीमा ३१८.३१, माइक्रोफाइनान्स १८.८६ र निर्जीवन बीमा ६४९.८० अंकले वृद्धि भएको छ।
तर, यी बाहेकका अन्य समूहरु राताम्य बनेका छन् । सो दिन बैंकिङ्ग समूह १०.८२ अंक, फाइनान्स ५८.४६ अंक, जलविद्युत १७.६९,उत्पादन तथा प्रशोधन समूह १०.८८, व्यापार १५.९५ अंकले घटेको छ ।

सोमबारको तुलनामा कारोबार रकमा भने वृद्धि भएको छ। आज १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ बराबरको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर किनबेच भएको छ।
उक्त दिन एनएलजी इन्स्योरेन्सको सर्वाधिक ३४ करोड ७२ लाख २३ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो सूचीमा रहेको गुडविल फाइनान्सको २९ करोड ५४ लाख, सानिमा रिलायन्सको २८ करोड २६ लाख, अपि पावरको २६ करोड ४४ लाख, हिमालनय रिको २५ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनेबच भएको छ ।




















