आज कुन कुन कम्पनीका लगानीकर्ता भए मालामाल ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज कुन कुन कम्पनीका लगानीकर्ता भए मालामाल ?



काठमाडौं । मंगलबार पनि झन्डै एक दर्जन कम्पनीहरुको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन एनएलजी इन्स्योरेन्ससहित १० वटा कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।

मंगलबार एनएलजीको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ११५ रुपैयाँ ५० पैसा वृद्धि भई १ हजार २७० रुपैयाँ कायम भएको छ।

यस्तै, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट, विन नेपाल लघुवित्त, मानुषी, विन्ध्यावासिकनी हाइड्रोपावर, इस्टन, सप्तकोशी डेभलपमेन्ट, कर्पोरेट बैंकको सेयर मूल्यमा सकरात्मक लागेको हो ।

यस्तै आत्मनिर्भर लघुवित्तको सेयर मूल्य पनि ९.९८ प्रतिशत, उपकारको ९.९७ प्रतिशत वृद्धि भएको छ।

आज यी कम्पनीहरुसहित नेपाल इन्स्योरेन्स, सम्पदा लघुवित्त, प्रभु इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्