तीज लक्षित कुमारी बैंकको विशेष योजना, महिलाहरुका लागि के-के छन् अफर ? « Arthapath.com
७ असार २०८२, शनिबार

तीज लक्षित कुमारी बैंकको विशेष योजना, महिलाहरुका लागि के-के छन् अफर ?



काठमाडौं । कुमारी बैंकले हरितालिका तीजलाई लक्षित गर्दै विशेष योजना संचालनमा ल्याएको छ।

बैंकले आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना संचालन गरेको हो ।

निरन्तर रुपमा सरल, सहज तथा नविनतम सेवा सुविधा दिदै आएको कुमारी बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहिहरुका खाताहरुबाट डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भूक्तानी गर्दा १०० रुपैयाँ क्यास ब्याज पाउनेछन् ।

बैंकका अनुसार आजैदेखि (भदौ २० गते) देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई १०० रुपैयाँको क्यास ब्याक पाउनेछन् । योजनाबाट सेवाग्राहिहरुको विद्यूतिय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएकोे छ ।


प्रतिक्रिया दिनुहोस्