साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद सेयर पनि जारी गर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद सेयर पनि जारी गर्ने



काठमाडौं । साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयधनीहरुलाई यो वर्ष ८ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पननीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ३ अर्ब ५० करोडको ८ प्रतिशतका दरले बोनस सेयर दिने निर्णय गरेको हो ।

सोही बैठकले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा पनि गरेको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

बोनस सेयर र हकप्रद सेयर वितरण तथा निष्कासनको प्रस्ताव पारित गर्न कम्पनी साधारण सभा पनि बोलाएको छ । सभामा आउँदो कात्तिक ४ गते कार्की ब्यांकेट, बबरमहल, काठमाडौंमा हुनेछ ।

कम्पनीले आव २०७७–७८, आव २०७८–७९, आव २०७९–८० र २०८०–८१ को एकै पटक वार्षिक साधारण गर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्