ग्लोबल आइएमई र नबिलले दिए गाडी किन्नेलाई धेरै ऋण, १० बैंकले किन घटाए सवारी कर्जा ?

काठमाडौं । गाडी किन्नका लागि ग्लोबल आइएमई र नबिलसहित १० बैंकले मात्रै ऋण दिएका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
साउनमा बैंकहरुले १ अर्ब ७२ करोड ५४ लाख रुपैयाँ कर्जा गाडी किन्नका लागि दिएका छन् । हाल संचालनमा रहेका मध्ये १० बैंकले गाडी कर्जा बढाएका छन् । तर, ती बाहेकका १० बैंकले भने घटाएका छन् अर्थात् साउनमा ती बैंक हायर पर्चेज कर्जा प्रवाह गरेका छैनन् ।
साउन महिनामा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले ४१ करोड ८७ लाख रुपैयाँ ऋण गाडी किन्न दिएको छ । गत असार मसान्तसम्ममा बैंकले यस्तो शीर्षकमा कुल १३ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । तर, गत साउन मसान्तसम्ममा आइपुग्दा भने बढे १४ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
दोस्रो स्थानमा रहेको नबिल बैंकले पनि साउन महिना ३५ करोड ९१ लाख रुपैयाँ कर्जा गाडी खरिद गर्नेका लागि प्रवाह गरेको छ । गत असार मसान्तसम्मको तुलनामा भने बैंकको यस्तो शीर्षकको कर्जा ३.३२ प्रतिशत वृद्धि भएको हो । गत असार मसान्तसम्म आइपुग्दा नबिल बैंकको हायर पर्चेज कर्जा १० अर्ब ८० करोड ४० लाख रुपैयाँ रहेको थियो । तर, साउन मसान्तसम्म आइपुग्दा भने बढेर ११ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ कायम भएको छ।
साउनमा कृषि विकास बैंकले भने २८ करोड ९ लाख, एभरेष्टले २२ करोड ६९ लाख, एनएमबिले १४ करोड ९५ लाख र सानिमा बैंकले १४ करोड ४४ लाख रुपैयाँ गाडी खरिद गर्ने प्रयोजनका लागि ऋण दिएका छन् ।
यस्तै, नेपाल एसबिआई बैंकले ५ करोड ७३ लाख, राष्ट्रिय वाणिज्य बैंकले ४ करोड ९५ लाख, प्राइमले २ करोड ४२ लाख र सिटिजन्स बैंकले १ करोड ४६ लाख रुपैयाँ सवारी कर्जा प्रवाह गरेका छन् ।
पुरानै कर्जा असुलीमा केन्द्रित १० बैंक, साउनमा दिएएन् सवारी कर्जा
१० बैंकले पनि पुरानै कर्जा असुलीमा लागेको देखिन्छ । अर्थात् गत असार मसान्तसम्मको तुलनामा ती बैंकहरुले सवारी कर्जा घटाएका छन् ।
साउनमा सबैभन्दा धेरै हिमालयन बैंकको ७४ करोड ४० लाख रुपैयाँ घटेको छ । गत असार मसान्तसम्ममा बैंकले ७ अर्ब ९० करोड रुपैयाँ सवारी कर्जा प्रवाह गरेको थियो । तर, साउन मसान्तसम्म आइपुग्दा भने घटेर ६ अर्ब २६ करोड ४९ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, नेपाल बैंकको सवारी कर्जा पनि १५ करोड ८६ लाख, एनआइसी एशियाको १४ करोड १५ लाख स्ट्याण्डर्ड चार्टर्डको १० करोड ५३ लाख रुपैयाँ घटेको छ । यी बैंकहरुको गत असार मसान्तसम्ममा क्रमशः २ अर्ब ४८करोड ७८ लाख, ३ र्अ ७९ करोड ५४ लाख र २ अर्ब ५१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, साउन मसान्तसम्म आइपुग्दा भने घटेर क्रमशः २ अर्ब ३२ करोड ९१ लाख, ३ अर्ब ६५ करोड ३९ लाख र २ अर्ब ४० करोड ९७ लाख रुपैयाँ कायम भएको छ ।
यता, लक्ष्मी सनराइज बैंकको सवारी कर्जा पनि ८ करोड ७७ लाख, कुमारीको ८ करोड ७४ लाख, प्रभुको ७करोड ५१ लाख र माछापुच्छ्रेको ५ करोड ३९ लाख रुपैयाँ घटमेको छ ।