प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डले कहिलेलाई तोके बुकक्लोज मिति ?
काठमाडौं । दुई म्युचुअल फन्डले बुकक्लोज मिति तय गरेका छन् । प्रभु म्युचुअल फन्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फण्डले प्रतिफल वितरण प्रयोजनका लागि बुकक्लोज मिति तोकेका हुन् ।
आगामी असोज १४ गते सोमबार यी दुई फन्डहरुले बुकक्लोज गर्ने भएका छन् । सोही अनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले, फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
यो वर्षका लागि प्रभु सेलेक्ट फन्डले कर सहित १० प्रतिशत र प्रभु स्मार्ट फन्डले कर सहित ८.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छन् ।













