एभरेष्ट बैंकको साधारण सभा आज १५.५३ प्रतिशत लाभांश पारित हुने « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

एभरेष्ट बैंकको साधारण सभा आज १५.५३ प्रतिशत लाभांश पारित हुने



काठमाडौं । एभरेष्ट बैंकको साधारण सभा आज बस्दैछ । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ ।

यो वर्षका लागि बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। सोही प्रस्ताव सभामा पेश भई पारित हुनेछ ।

सभामा बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

यस्तै, सभा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब, नगद प्रवाह, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने लगायत एजेन्डामा छलफल गरि पारित हुनेछ ।

यसका साथै सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन पनि हुनेछ। सभा प्रयोजनका लागि बैंकले असोज ८ गते बुक क्लोज गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्