लाभांश पारित गर्न सिटिजन्स बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।
बैंकले आगामी कात्तिक १२ गते १८औं वार्षिक साधारण सभा बोलाएको हो । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ ।
बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्ताव सभामा पारित हुनेछ ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ । यसका साथै लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित हुनेछन् ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।