बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, बोलकबोल आजै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंकहरुले ऋण लगानी गर्न नसकेपछि राष्ट्र बैंकले बोलकबोल उपकरणमार्फत बैकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको हो ।
यसका लागि बैंक तथा वित्तीय संस्थाले सोमबार अपराह्न ३ बजेसम्म प्रस्ताव पेस गर्नुपर्नेछ। साँवा तथा व्याज भुक्तानी असोज २३ गतेसम्म गरिसक्नु पर्नेछ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिनेछ ।
यसअघि बोलकबोलमार्फत खिचेको साढे ७४ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।