बिग मार्टमा सानिमा बैंकका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । सानिमा बैंकका ग्राहकले बिगमार्टमा विशेष छुट पाउने भएका छन् ।
बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट (मेगा मार्ट प्रालि)संग छुटको व्यवस्था गरेको हो ।
सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा २०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो अफर कात्तिक १५ देखि १८ गतेसम्म मात्र लागू हुने बैंकले जनाएको छ ।
बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरू तथा १२४ वटा एटीएमहरू संचालनमा रहेका छन् ।