१२ जना कर्मचारी र एकमात्र कार्यालयबाट सुरू भएको नेपाल बैंकले पार गर्यो ८७ वर्ष « Arthapath.com
६ असार २०८२, शुक्रबार

१२ जना कर्मचारी र एकमात्र कार्यालयबाट सुरू भएको नेपाल बैंकले पार गर्यो ८७ वर्ष



काठमाडौं । नेपाल बैंक लिमिटेड आजबाट आफ्नो स्थापनाको ८८औं वर्षमा प्रवेश गरेको छ ।

वि.सं.१९९४ कार्तिक ३० गतेदेखि नेपालमा संस्थागत रूपमा बैंकिङ सेवाको सुरुवात गरेको थियो । नेपालको पहिलो बैंकले आजबाट ८७ वर्ष पूरा गरी ८८ वर्षमा प्रवेश गरेको छ ।

बैंकिङ अभ्यासको थालनीदेखि नेपाली जनतालाई बैंकका बारेमा कखरा सिकाएको बैंकले आज ८७ औं वार्षिकोत्सव मनाएको छ । १२ जना कर्मचारी र एकमात्र कार्यालयबाट सुरू भएको यस बैंक अहिले देशभर फैलिएको छ ।

बैंक स्थापनाकालदेखि नै निक्षेप सङ्कलन, कर्जा प्रवाह लगायतका बैंकिङ सेवाको माध्यमबाट नेपाली जनतालाई बैंकिङ प्रणालीमा आबद्ध गर्दै मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणमा उल्लेख्य योगदान पुरÞ्याउँदै आएको छ ।

बैंकले स्थापनाको ८८औं वर्षसम्म आइपुग्दा वित्तीय क्षेत्रमा आएका नवप्रवर्ततारको आत्मसात् गर्दै डिजिटल बैंकिङ लगायतका सेवा सुविधाहरू प्रदान गरिरहेको छ ।

नेपाली जनतामा वित्तीय पहुँच विस्तार गर्ने अभियानको नेतृत्व गर्दै बैंकले देशका दुर्गमदेखि सुगम ठाउँसम्म फैलिएका २२९ शाखा, ६० एक्सटेन्सन काउन्टर, २०५ एटिएम आउटलेट मार्फत निरन्तर सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्