विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । सरकारले १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज अर्थात् मंसिर १२ गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८४ जारी गर्न लागेको हो ।
’विकास ऋणपत्र २०८४’ बोलकबोल मार्फत ३ वर्ष अवधिको लागि ऋण उठाउन लागेको हो । उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
उक्त विकास ऋणपत्र बुधबार १० बजेदेखि दिउँसो २ बजेसम्म बोलकबोल हुनेछ । यो ऋणपत्रको निष्काशन भने मंसिर १३ गते हुने छ।
यो ऋणको ब्याज सरकारले अर्धवार्षिक रुपमा भुक्तानी गर्नेछ । यो ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ भने ऋणपत्र धितोमा राखी कर्जा लिन÷दिन पाइनेछन् ।













