२ अर्बको नागरिक बचतपत्र र ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै सरकार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

२ अर्बको नागरिक बचतपत्र र ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै सरकार



काठमाडौं । सरकारले साढे दुई अर्ब बराबरको नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापान कार्यालयका अनुसार २ अर्ब बराबरको नागरिक बचतपत्र बिक्री गर्न लागेको हो । यस्तै, ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचत पत्र बिक्री गर्न लागेको हो ।

कार्यालयका अनुसार भोलि अर्थात् मंसिर १३ गतेदेखि २ अर्ब बराबरको नागरिक बचतपत्र बिक्री खुला हुनेछ । यो ढिलोमा पुस १४ गतेसम्म लम्बिने सूचनामा उल्लेख छ । यसको निष्कासन मिति भने ढिलोमा आगामी पुस १६ गते हुनेछ ।

सो बचतपत्रको अवधिमा पाँच वर्षको हुनेछ । यसको वार्षिक ब्याजदर १० प्रतिशत तोकिएको छ । बचतपत्रको ब्याज हरेक ६–६ महिनामा भुक्तानी हुनेछ ।

लगानीकर्ताले घटीमा १० हजार र बढीमा कूल निष्कासित रकमको सीमासम्म १० हजारले निशेष भाग जाने अंक बराबरको बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

यस्तै, ५० करोड बराबरको वैदेशिक रोजगार बचतपत्र–८६ पनि बिक्री खुला गर्ने भएको छ । उक्त बचतपत्रको अवधिमा पाँच वर्षको हुनेछ । यसको ब्याजदर ८.५ प्रतिशत रहेको छ ।

बचतपत्रको सावाँ भुक्तानी हुनेछ भने ब्याज ६–६ महिनामा पाइनेछ । बचतपत्रमा घटीमा १० हजार रूपैयाँ र बढीमा १० हजार रूपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सकिने छ ।

बचतपत्रमा देशबाहिर रोजगारीमा संलग्न तथा देशबाहिरको रोजगारीबाट फर्केका ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवसीय नेपालीले आफु वा आफ्नो परिवारको सदस्य–बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् ।

‘बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन–दिन सकिने छ । इच्छुक खरिदकर्ताले वैदेशिक रोजगार बचतपत्र खरिद गर्नको लागि बैंकको वेवसाइटमार्फत आवेदन दिन सक्नेछन् ।’


प्रतिक्रिया दिनुहोस्