लक्ष्मी सनराइज बैंकको साधारण सभाले पारित गर्यो ५ प्रतिशत बोनस « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

लक्ष्मी सनराइज बैंकको साधारण सभाले पारित गर्यो ५ प्रतिशत बोनस



काठमाडौं । लक्ष्मी सनराइज बैंकको लाभांश पारित भएको छ । बुधवार सम्पन्न बैंकको २४औं वार्षिक साधारण सभाबाट यो वर्ष वितरण गर्ने लाभांश पारित भएको हो ।

सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड पुगेको छ ।

सभाले आर्थिक वर्ष २०८०–८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१÷८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

गत आवमा बैंकले ३ खर्ब ३३ अर्ब निक्षेप संलकन गरेको थियो । यस्तै, २ खर्ब ५८ अर्ब कर्जा प्रवाह गरेको थियो । बैंकको वासलातको आकार ३ खर्ब ९५ अर्ब रहेको छ ।


प्रतिक्रिया दिनुहोस्