सोमबार ४ सयले बढ्यो सुन « Arthapath.com
२९ भाद्र २०७७, सोमबार

सोमबार ४ सयले बढ्यो सुन



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा ४ सयले बढेको छ । आज सुन ४ सयले बढेर ९६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आइतबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।यस्तै तेजावी सुन तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १३ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्