बैंकिङ सेवा मात्रै होइन, सम्पदा संरक्षणमा एनएमबि बैंक, ७ वटै प्रदेशमा बन्यो १२औं हेरिटेज वाक « Arthapath.com
२१ बैशाख २०८२, आईतवार

बैंकिङ सेवा मात्रै होइन, सम्पदा संरक्षणमा एनएमबि बैंक, ७ वटै प्रदेशमा बन्यो १२औं हेरिटेज वाक



शनिबार आफ्नो गट्ठाघर शाखाबाट शुरु भई शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिर सम्म पुगि समापन हुने बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो ।

समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ७०० जनाको सहभागिता रहेको थियो ।

सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा तथा वातावरण संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाइ ५ लाख रुपैयाँ सहयोगका साथै मध्यपुर थिमि नगरपालिकाकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

सोही प्रकारको कार्यक्रम सातै प्रदेशमा समेत गरीएको छ । बैंकले कोशी प्रदेशमा पूर्व बस स्ट्यान्डदेखि पाउ पाथिभरा मन्दिर झापा सम्म, मधेष प्रदेशमा बिरगंज शाखा देखि सन्कराचार्य गेटसम्म, चितवनमा लायन्स चोकदेखि हरिहर मन्दिर सम्म हेरिटेज वाक गरेको हो ।

यस्तै, गण्डकी प्रदेशमा लेकसाइड शाखादेखि राम मन्दिर बिरौटासम्म, लुम्बिनी प्रदे्रशमा भल्वारी शाखादेखि मोक्ष धाम सेवा आश्रमसम्म, कर्णाली प्रदे्रशमा बिरेन्द्रनगर शाखादेखि काक्रेबिहार मन्दिरसम्म र सुदूर पश्चिम प्रदेशमा ग्रीन गोदावरि रिसोर्टदेखि गोदावरी शिव मन्दिरसम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो ।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्