धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई प्रश्नः आईपिओ निष्काशनको अनुमति दिन बोर्डले कमिसन मागेको हो ?

धितोपत्र बजारमा पछिल्लो समय आएको विवाद र आरोप-प्रत्यारोपको घेरामा परेका धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग गरिएको यो अन्तर्वार्तामा उनीमाथि लगाइएका कमिसन मागिएको आरोप, नियुक्तिसम्बन्धी उठेका प्रश्नदेखि लिएर आईपिओ प्रकृयामा आएको ढिलाइ, नियामक संस्थाको भूमिकाबारे विस्तृत रुपमा चर्चा गरिएको छ।
श्रेष्ठले आफूमाथि लागेको आरोपहरूलाई तथ्यहिन, आधारहिन र नियोजित भन्दै खण्डन गरेका छन् भने, नियामक निकायको छवि धमिलो पार्न नियोजित अभियान चलाइएको आरोप समेत लगाएका छन्। साथै, उनले बोर्डको संस्थागत सुदृढीकरण र पूँजी बजारको सुधार आफ्ना प्रमुख प्राथमिकता रहेको स्पष्ट पार्दै, बजारमा पारदर्शिता र विश्वास कायम गर्न कानूनी प्रक्रिया अनुसार अगाडि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।
१. जलविद्युत आयोजनाहरुको आईपिओ निष्काशन गर्न बोर्डले कमिसन मागेको हो ?
होइन, यहाँले गर्नुभएको प्रश्नको जवाफ मैले यसअघि व्यक्तिगत रुपमा र प्रेस विज्ञप्ति मार्फत दिसकेको छु । जुन यी आरोपहरु लगिरहेका छन्, तथ्यहिन, आधारहिन कपोलकल्पित र भ्रामक हुन् । यस विषयमा मेरो कुनै पनि संलग्नता देखियो भने म एक सेकेण्ड पनि यो पदमा बस्दीन ।
२. इप्पानका पदाधिकारीले सिधै बोर्डले होइन की विचौलिया मार्फत ५ देखि ७ प्रतिशतसम्म कमिसन मागेको भनेर इप्पानमा गुनासो गरेका छन् । यसमा बोर्डको संलग्नता नभए बोर्डको नाम बेचेर कसले कमिसन मागिरहेका छन् ?
यहि बिषय हो मैले पनि उठाउन खोजेको, त्यस्तो कसैले केहि गरीएको छ, मेरो अथवा बोर्डको नाम लिई कुनै पनि प्रकारको आर्थिक वा गैर कानूनी फाइदा लिने कार्य गरेको जानकारी छ भने हामीलाई त्यो जानकारी उपलब्ध गराइदिनुस् । उहाहरुले लगाएको आरोपको जवाफ पनि उनीहरुले दिनुपर्यो ।
३. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो बिषयमा चासो लियो, इप्पानका अधिकारी पदाधिकारीहरुसँग सोधपुछ गर्यो, केहि कागजपत्रहरु पनी नियन्त्रणमा लियो, यतिकै उसले पनि हस्तक्षेप वा यसमा हात हाल्नुपर्ने अवस्था नआउनुपर्ने होइन ?
यो कुरालाई त म स्वागत गर्छु, किनभने, यो विवाद बनाइएको आक्षेप लगाइएको विषय हो । योविषयमा अख्तियार वा कुनैपनि ओभरसाइड एजेन्सीले यसमा छानबिन गरेर तथ्य कुरा बाहिर ल्याइदिँदा राम्रै हुन्छ ।
४. तपाईंसँग चाँहि अख्तियारले के कुरा बुझ्यो ?
मसँग व्यवक्तिगत रुपमा त्यस्तो केहि आएको छैन । तर उहाँहरुले आईपिओका लागि पाइपलाइनमा रहेका कम्पनीहरुको बिषयमा केहि इन्फमेसनहरु माग्नुभयो त्यो हामीले उपलब्ध गराइसकेका छौं । उहाँहरुले सोधेका केहि प्रश्नहरुको जवाफ पनि हामीले पठाइसकेका छौं ।
५. तपाईं नियुक्तीमै कतिपयले प्रश्न गर्ने गरेका छन्, धेरै चलखेल भएर नियुक्ति भयो उआँको भनेर यसमा के भन्नु हुन्छ ?
यसमा मेरो केहि कमेन्ट छैन । पक्कै पनि नियुक्तिको क्रममा केहि ढिलाई भएकै थियो, तर म सबै कानूनी प्रक्रिया पूरा गरेर आफ्नो सबै नियुक्तिको लागि यो पोजिशनको लागि गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा गरेर यहाँसम्म आइपुगेको छु । र मेरो नियुक्तिको समयदेखि नै केहि संगठित रुपमै केहि स्वार्थ समुह मेरोविरुद्ध परिचालित थिए । अहिले पनि अहिले पनि तिनै समुहहरुले नियोजित रुपमै म माथि आक्रमण गर्ने प्रयास गरेको हो । मैले खुला रुपमा उहाँहरुलाई चुनौति दिन्छु । यस्ता गलत क्रियाकलापमा मेरो संलग्नता देखिए भने तथ्य प्रमाणसहित अगाडी आउन म चुनौति दिन्छु ।
६.सेबोनको नयाँ नेतृत्व आएपछि रोकिएका आईपिओहरु अब स्मुथ रुपमा धमाधम आउन थाल्छ भन्ने कुरा थियो, कहिलेबाट सामान्य रुपमा आईपिओहरु निश्कासन हुन थाल्छ ?
यो अनुमोदनको काम सुरु भएको धेरै नै भइसकेको छ । खालि बाहिर प्रस्तुती त्यसरी गरिएको मात्र हो । एउटा आइपिओको विषय छ भने अर्को महत्वपूर्ण कुरा के छ भने धितोपत्र बोर्डले आइपिओ मात्र होइन अन्य धेरै किसिमका इन्स्टुमेन्टहरु छन् जसको स्वीकृत प्रदान गर्ने गरेको छ । यसमा आइपिओ, एफपिओ, राइट सेयर डिवेन्चर एफआइएफ स्किम छ यी सबै कुराहरुको बिषयमा बाहिर केहि तथ्य उपलब्ध गराइएको छैन । भएको केहि कामको बिषयमा केहि कुरा बोलिदैन खालि आइपिओ मात्र बुझिन्छ । अब हामीले आफ्नो रेकर्डबाटै हेर्न हो भने पनि धेरै वटा २० २२ वटा स्टुमेन्ट हामीले अहिलेसम्म निश्कासनको अनुमति दिसकेका छौं र यसलाई स्पिडअप गर्न हामी लागिरेहेका छौं । यसमा संका गर्नुपर्ने ठाँउ छैन ।
७. दर्जनौ आईपिओहरु अहिले निश्कासको पकृयामा छन्, त्यसमा ४३ वटा जलविद्युतको छन् तिनीहरुको प्रकृया के छ, कुन अवस्थामा छन् ?
आईपिओ निश्कासन गर्ने आफैमा एउटा लामो प्रकृया हो , यसमा धेरै विषयहरु गाँसिएको हुन्छ जलविद्युतमात्र होइन खासगरी सबै किसिमका आइपिओहरुको निश्कासन गर्नु पूर्व धितोपत्र बोर्डले उक्त कम्पनीको वित्तिय एवं व्यवस्थापकिय पक्षको वस्तुपरक अध्ययन गरेर मात्र अनुमति दिनुपर्ने हुन्छ । यसले गर्दा ति विषयहरुलाई विश्लेषण गरेर अगाडी बढ्नुपर्ने हुन्छ यसमा समय त अवस्य लाग्छ । धेरै समयदेखि अड्केर बसेको विषय छ, म आएपछि यो खेल्न सुरु गरिसकेको छु । यो हुनाले यो क्रमिक रुपमा अडाडी बढ्ने क्रम सुरु भएको छ र हुँदै जानेछ , यो स्वभाविक प्रक्रिया हो । यसमा कसैले दवाब सिर्जना गर्यो भन्दैमा हामीले आफ्नो जिम्मेवारीलाइ पन्छाएर बिना अध्यन अगाडी दिने स्थिति छैन । हामीले नियमित रुपमा हाम्रो काम कर्तव्य गर्दै गइरहेका छौं ।
८. तपाइकै शब्द सापटि लिएर भन्नु पर्दा तपाईमाथि लगाइएमा व्यक्तिगत आक्षेपहरु छन्, त्यसबारे इप्पानलाई तपाईले पत्राचार गरेर प्रमाणहरु पेश गर्न भन्नु भएको छ, नभए कानून बमोजिम अगाडी बढ्छौं पनि भन्नु भएको छ, के हुन्छ त्यो विषय ?
हामीले इप्पानको नाम जोडिएको भएर, इप्पान भनेको एउटा डाइड्रोपावर डेभलपर्सहरुको एउटा ठूलो संस्था, जिम्मेवार संस्था र त्यसमा आवद्ध पदादिकारीहरुको नाम जोडिएर आएको विषय हुनाले हामीले उहाँहरुको आदिकारीक धारणा मागेका हौं । यो विषयमा मिडियामा आएको जस्तो के हो भन्ने विषयमा आधिकारीक धारणा आउनु पर्यो र त्यस्तो खालको जुन आक्षेप लगाइएको छ, त्यो सम्बन्धी कुनै तथ्य प्रमाण छ भने त्यो पनि उपलब्ध गाइदिनु होला, छ भने हामी कानूनी रुपमा कारवाहिका लागि प्रकृया अगाडी बढाउँछौं ।
९. अन्त्यमा यो समग्र प्रकरणबारे तपाईं केहि भन्न चाहनुहुन्छ ?
समग्र प्रकरणबारे म के भन्छु भने हाम्रो यो मुल समस्या भनौ अथवा धितोपत्र बजार (क्यापिटल मार्केट) छोटो समयमा धेरै गुणा ठूलो फैलिएको छ । ग्रोथ यसको असाध्यै ठूलो छ । त्यो ग्रोथसँगै नियमन गर्ने निकाय धितोपत्र बोर्डको संस्थागत क्यापासिटी त्यहि अनुपातमा डेभलप नभएको अवस्था हो । त्यसैले बजारको तिब्र ग्रोथलाई त्यसैसँग तालमेल मिलाएर अघि बढ्न पक्कै पनि केअि अप्ठ्यारो स्थिति छ । हामीसँग संस्थागत रुपमा अलिकति एफिसेन्सी कम भएको कुरो चाँही मनन गर्छु । तर म आएपछि मेरो मुख्य एजेन्डा धितोपत्र बोर्डलाई संस्थागत रुपमा सुदृढिकरण गर्दै लैजाने हो । यसबाहेक पूँजी बजार क्षेत्रमा सुधार गर्ने कामहरु त एजेण्डामा हुने नै भयो ।
सँगसँगै सुधारका कामसँग अँतालिएर नियोजित रुपमा यस्ता प्रायोजित सामग्रीहरुले नियामक निकायको छवि धमिलो पार्नुका साथै सर्वसाधारण लगानीकताएको हित संरक्षण गर्न कार्यलाई पनि निरुत्साहित गर्ने उदेश्य रहेको भन्ने कुरा प्रष्ट देखिएको छ ।
अर्को यो नियामक निकायको यस्तो आक्षेप, कपोलकल्पित तथ्यहिन आक्षेप अथवा आरोपले समस्त क्यापिटल मार्केटलाई नै असर गर्छ भन्ने मलाई लागेको छ । त्यसैले यस्ता खालका समाचार मिडियामा ल्याइदिनु अगाडी सबै कुरा विचार गर्नुपर्ने हुन्छ किनभने मार्केट चल्ने लगानीकर्ताको कन्फिडेन्सको ठूलो रोल हुन्छ र लगानीकर्ताको कन्फिडेन्स बढाउन मिडियाको ठूलो भुमिका रहन्छ ।
(बिबिसीसँग गरिएको कुराकानीमाआधारीत)