दोस्रो पटक पनि नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर बिक्री भएन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दोस्रो पटक पनि नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर बिक्री भएन



काठमाडौं । नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर बिक्री भएको छैन । दुई पटक लिलाममा राख्दा समेत ५० हजार कित्ता शेयर बिक्री नभएपछि प्रिमियर इन्स्योरेन्सले अब आफैसँग राखेर हकप्रद भर्ने भएको छ । नागरिक लगानी कोषको शेयर दुई दुई पटक लिलाम गर्न सार्वजनिक सूचना प्रकाशन गर्दा समेत कसैले किन्न चासो नदेखाएको कम्पनीले जनाएको छ ।

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्न प्रतिकित्ता दुई हजार ३०० न्यूनतम मूल्य तोकेर सूचना प्रकाशित गरेको थियो । पछिल्लो पटक गत भदौं २८ गतेदेखि असोज ४ गतेसम्म उक्त लिलामीको शेयरमा आवेदन दिन सकिने गरी खुल्ला गरेको थियो ।

बजारमा तीन हजार चार सयमा कारोबार भइरहेको नागरिक लगानी कोषको संस्थापक शेयर झण्डै एक हजार रुपैयाँ कम मूल्य राखेर लिलाम गर्दा समेत बिक्री नभएपछि आफैले राखेर अब हकप्रद भर्ने तयारी गरिएको प्रिमियर इन्स्योरेन्सका सूचना अधिकारी सहदेउ तिवारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्