हिमालयन बैंकसंग मर्ज गर्न उपयुक्त बैंक इन्भेष्टमेन्ट पनि हुन सक्छ « Arthapath.com
५ आश्विन २०७७, सोमबार

हिमालयन बैंकसंग मर्ज गर्न उपयुक्त बैंक इन्भेष्टमेन्ट पनि हुन सक्छ



हाम्रो प्राथमिकता एफडीमा राख्ने होईन, केहि प्रतिशत घटाउँछौँ

तुलसीप्रसाद गौतम, प्रशासक, कर्मचारी सञ्चय कोष

तपाई आएपछि सञ्चय कोषमा के–के काम भए ?

निरन्तर गर्नुपर्ने काममा सुधार भएको छ । सञ्चय कोषको सेवा प्रवाहमा सुधार गर्नुपर्ने, सूचना प्रविधिमा सुधार गर्नुपर्ने, यसका विधि र प्रविधिको विकास गर्नुपर्ने लगायत काममा जोड दिएको छु । भाडा व्यवस्थापन विधि थिएन, त्यो हामीले लिएका छौँ । त्यस्तै मुद्धति निक्षेपमा रकम जम्मा गर्नको लागि व्यवस्थित कार्यविधि थिएन म आएको केहि महिनाभित्रमा त्यसलाई पनि व्यवस्थित गरँे । त्यसले पारदर्शिकता र कामलाई सहजता पनि कायम गर्याे । त्यसपछि हामी प्रविधिका हिसावले अगाडी बढ्यौ । कर्मचारी सञ्चय कोषको सम्पुर्ण सेवालाई अनलाईन प्रविधिमा गएका छौँ । हाम्रो अर्वाै रुपैयाँ बैंक रिकन्सीलेशन हुन नपाएर अड्केर बसेको हुन्थ्यो । अहिले ७ दिनभित्रमा सबै रिकन्सीलेशन भईसक्छ । १०/१२ करोडभन्दा बढि कहिलेपनि रिकन्सीलेशन हुदैँनथ्यो । जवकी ४÷५ अर्व रुपैयाँ रिकन्सीलेशन हुदैँनथ्यो । त्यो स्थीतीलाई स्टाडेजिकल्ली रिकन्सीलेशन गर्ने काम गर्याैँ । कनेक्ट आइपीएसको माध्यमबाट चेक प्रणाली (बैंकबाट सञ्चयकर्तालाई दिने भुक्तानी रकमलाई बन्द) बाट उनीहरुको बैंक खातामा अनलाईबाटै पठाउने सीस्टम बनाएका छौँ । जम्मा हुनेवित्तीकै उनीहरुको मोवाईलमा म्यासेज जान्छ । चेक विस्थापन भयो, रिकन्सीलेशन व्यवस्थित भयो । अहिले आएर कोरोनाको प्रभाव परेका बेलामा त्यहिविचमा हाम्रो टिमलाई परिचालन गरेर आन्तरिक टिमबाट दुईवटा एप्लिकेशनहरु बनायौँ । एउटा एप्लिकेशनले सञ्चय कोषको विशेष सापटी मध्ये ८० प्रतिशतसम्म अनलाईनको माध्यमबाटै झिक्न पाउने भए । त्यो हाम्रो प्लानमा रहेकाले चैतमा लकडाउन भयो । बैशाखमा नै हामीले प्रयोगमा ल्यायौँ । सञ्चयकर्तालाई अनलाईनबाट सापटी दिने विकास गर्याैँ । जेष्ठको अन्तिममा आएर हामीले कनेक्ट आईपीएस प्रणालीबाट नै भुक्तानी गर्न मिल्ने बनाइयो । निकै प्रभावकारी रुपमा अघि बढिरहेको छ । अनि डेटा सर्वर राखेर ठमेलको कार्यालयमा धेरै व्यवस्थित गरेका छौँं । अहिले हामीले नेपालकै मोविलर डेटा सेण्टर आधुनिक र अटोमेटिक (स्वचालित) त्यहाँ कोहि हुँदैन । त्यस्तो व्यवस्था गरेका छौँ । हामीलाई दशाँै बर्ष सञ्चय कोषमा थपिने डाटालाई पनि त्यहि स्टोरमा राख्ने व्यवस्था गरेका छौँ ।
सञ्चय कोषको विराटनगरमा आफ्नै स्टाण्डर्ड भवन निर्माण भईरहेको थियो म आएपछि त्यसलाई पुरा गरेँ । त्यसैगरि हाम्रो कोहलपुर र सुर्खेतमा भवन निर्माण भईरहेका छन् । पोखरा र हेटौडाको प्रक्रियामा गएको छ । त्यसको पनि डिजाईन बनिसकेको छ । त्यो पनि यो बर्षमा नै निर्माण कार्य शुरु गर्ने छौँ । त्यस्तै जनकपुर र धनगढीमा नयाँ कार्यालय खोलेका छौँ त्याहा जग्गा किनेका छौँ । अर्काे बर्षमा भवन निर्माण कार्य शुरु गर्ने छौँ । अहिले सञ्चय कोष घरजग्गा व्यवस्थापनमा लागेको छौं ।

त्यस्तै कोषले अन्य योजनामा लगानी बढाएका छौँ । हाईड्रो पावर, आवाश परियोजना, पुँजी बजार क्षेत्रमा पनि महत्वपूर्ण सेयर किन्ने लगायतमा हाम्रो लगानी बढाएका छौँ ।

तपाई कोषमा आउँदा जुन प्लान बनाउनुभएको थियो, त्यो प्लान अनुसार काम गरिहनुभएको छ त ?

छ । त्यहि आधारमा भन्नुपर्दा मेरो पहिलो बर्ष २०७५/०७६ को कार्यसम्पादन मूल्याङ्कन अर्थ मन्त्रालयमा गर्दा पाँच वटा निकायमा हामीले पनि त्यहाँ पठाएका थियौँ । अर्थ मन्त्रालयले कार्यसम्पादन मुल्याङ्कनमा सञ्चय कोषको कार्य मात्रै उत्तम भनेर प्रमाणित गरेको छ । गएको आर्थिक बर्षमा पनि हामीले कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन पठाईसकेका छौँ । असोजभित्रमा त्यसको परीणाम आउँछ ।

कोषमा यति ठूलो रकम छ, यो सदुपयोग भएन भन्ने गुनासो आउँछ, बैंकमा डिपोजिट राखेर ब्याज मात्रै खाएर हुन्छ ?

त्यो सदुपयोग भएन भन्ने होईन । बैंक वित्तीय संस्थाहरुमा पुँजीको ठूलो संकट भएका वेलामा राष्ट्र बैंकले पनि विभिन्न उपाय अपनाएर पुँजी बैंकहरुलाई उपलब्ध गराएको हो । सञ्चय कोषको पुँजी त्यहाँ राखेर सञ्चय कोषले लगानी गर्दा ठूलो परियोजना वा ठूलो स्केलमा मात्रै लगानी गर्छ । साना–साना परियोजनाहरुमा लगानी गर्दा बैंकहरु मार्फत नै जानुपर्छ । त्यसकारण हामीले कुनै पाँच बर्षसम्म पनि राखेका छौँ । त्यो एउटा दिर्घकालिन स्रोत पनि भयो । २७ वटा बैंकहरु मार्फत देशभरि नै परिचालन भएको छ । त्यसलाई सदुपयोग भएको मानिन्छ । तर हाम्रो प्राथमिकता एफडीमा राख्ने होईन त्यसलाई केहि प्रतिशत घटाउँछौँ । कोभिडको कारण पैसा अलि बढेको छ तरपनि प्रतिशतका हिसावले एक चौथाई २८ प्रतिशत एफडीमा राखेका छौं । यहि विचमा अरु लगानी गरेका छाँै । लगानी निर्णय भएर स्वीकृत भएको ऋणपनि नगएपछि आईडल राख्नुपर्दैन । हामीले ९८.५ प्रतिशत भन्दा बढि रेगुलर हाम्रो लगानीमा छ पैसा । हामी ४ सय अर्वमा एक अर्व पनि आईडियल राख्दैनौ । सञ्चय कोषको शाखा र केन्द्रिय कार्यालयबाट पनि हामीले सापटी भुक्तानी दिन्छौँ । त्यसको लागि पनि सञ्चय कोष रकम अन्तिम हप्तामा आउँछ । दिनको १५ करोड जतिको हिसाव राख्नुपर्ने भएकाले डेढ, दुई अर्व रुपैयाँ ईन्ट्याक्ट रहँदैन । त्यो भन्दा बढि रकम सञ्चय कोषको रकम एकदिन पनि आईडिएल बस्दैन । आज कुनै ठाउँको पैसा म्याचुअड भयो भने आजसम्मको ब्याज त्यहाँबाट आउँछ ।

कति बैंक तथा वित्तीय संस्थामा कोषको एफडी छ ?
विभिन्न बैंक वित्तिय संस्थामा गरी एक खर्व रुपैयाँ प्लस छ ।

तपाईँ हिमालयन बैंकको अध्यक्ष पनि हुनुहुन्छ, कर्मचारी सञ्चय कोषमा सीईओ हुनुहुन्छ । सञ्चय कोषले लगानी गर्ने र बैंकले लगानी गर्ने उस्तै उस्तै बरोअर हुन्छ, भनेपछि यसमा कन्फिलीट अफ ईन्टेस्ट हुँदैन ?

मैले अहिलेसम्म त्यस्तो अफ्ठयारो महशुस गरेको छैन । बैंकहरुले लगानी गर्ने कुरा धेरै कम मात्रै बोर्डमा आउँछ । दुई अर्ब सम्मको लगानी गर्ने अख्तियारी सबै सीईओलाई दिएको हुन्छ । त्यसकारण कहाँ कहाँ लगानी भयो भन्ने अडिटरले हेर्छ । म हिमालयन बैंकमा सञ्चय कोषको प्रतिनिधिको रुपमा गएको हुँ । म लगानीकर्ताको रुपमा प्रतिनिधि हो । बैंकमा जाँदाखेरी बैंकको हिसावले गएको हो । यहाँ आउँदा सञ्चय कोषको प्रशासकको रुपमा भएर आएको हुँ । त्यसमा हाम्रो कन्फिलीट भन्ने कुरा केहि पनि छैन । किनभने उसको आफ्नो विधि विधान छ । यहाँ पनि मेरो लगानी भएको र त्यहाँ पनि मेरो लगानी भएको भए त्यस्तो हुनथ्यो । नीतिगत, कानुनीरुपमा स्थापित संस्थाको प्रशासक भएका कारणले मेरो निस्पक्षता रहन्छ । मैले बैंकमा गरेको काम स्याडोका हिसावले हुन्छ । काम देखिन्छ तर व्यक्तिगत पहिचान नदेखाएर काम गर्छाैँ । मलाई बैंकको सञ्चालक भएको हिसावले कोषले पठायो बैंकको सञ्चालक समितिले अध्यक्ष छान्यो । मैले जिम्मेवारी निर्वाह गरेको छुँ ।

तर अध्यक्षको जिम्मेवारी पनि ठूलो हुन्छ, यता पनि ठूलो नै हो कसरी व्यवस्थापन गरिहनु भएको छ ?

अध्यक्षको जिम्मेवारी एकदम लिमिटेड हुन्छ । किनभने बोर्डले दिने भनेको तीनवटा कुरा हो । नीति, बार्षिक रुपमा सञ्चालन गर्ने कार्यक्रम र त्यसको लागि चाहिने बजेट र बजेट सञ्चालनको लागि म्याण्डेट चाहिन्छ । त्यहाँका नीति, निर्देशिका, नियमावलि हामीले पास गर्ने, बजेट पास गरिदिन्छौ । त्यो बजेट र कार्यक्रमहरु जुन नीति नियम अनुसार गर्नपर्ने काम हो त्यो कामको अख्तियारीकोे व्यवस्थापकलाई दिन्छ । अनि सीईओसंग एमओयु गर्छाैँ । सम्झौता अनुसार काम भएको छ वा छैन भनेर मुल्याङ्कन गर्छाै त्यति हो ।

तपाईँ आएपछि सेयर बजारमा ठूलो लगानी थपिएको रहेछ, किन त्यस्तो भएको ?

त्यस्तो ठूलो छैन । सञ्चय कोषको पुँजीको हिसावले ७ प्रतिशत मात्रै हो । हामी १५ प्रतिशतसम्म जानहुन्छ भन्ने प्लान हो । अझै उपयुक्त कम्पनी पायो भने लगानी थप्न सक्छौं । त्यसमा दुई कारण छ । हाम्रो पुँजी सही लगानी हुन्छ । त्यसको रिस्क हेरेर जान्छौ । अहिलेसम्म सबैभन्दा राम्रो रिटर्न पुँजी बजारबाट छ । दोस्रो कुरा हाम्रो पुँजी बजार सानो छ, अहिले बढ्दै छ । त्यसमा ठूलो लगानी गर्नुपर्याेँ भने ब्यक्तिले गर्न सत्तैन लगानी गर्न संस्था नै आउनुपर्छ । त्यो संस्थाको रुपमा हामी पनि जान्छौ । त्यसमा अस्वस्थ्य प्रस्पिर्धामा गर्दैनौं । हामी कम्पनी र बजार एनालाईसीस गरेर उपयुक्त ठानेर मात्रै गर्छांै । अहिलेसम्म पनि पव्लिकबाट कोषले गलत ठाउँमा लगानी गर्याें भनेर गुनासो आएको छैन । सरकारले पुँजी बजार बढाउनुपर्छ भनेको छ । गत बर्ष ५८ औं बार्षिक उत्सव मनाईरहँदा अर्थ मन्त्रीज्यूले पनि पुँजी बजारको क्षेत्रमा ध्यान दिएका छन् । विदेशमा हेर्ने हो भने ५० देखी ७५ प्रतिशत पुँजी सेयर मार्केटमा हुन्छ । हाम्रो त धेरै सानो छ यसलाई बढाउने सम्भावना छ । एकदम थोरै गरेर अनुभव गरेर विस्तारै बढिरहेका छौँ ।

पुँजी बजारमा कति लगानी छ ?

टोटल ५ अर्व रुपैयाँ लगानी रहेको छ । हिसाव गर्दा टोटल भ्याल्यू २५ अर्व जति पुग्यो होला । तर हाम्रो लगानी ५ प्रतिशत मात्रै छ ।

बीओके र सिभिल बैंकको पनि धेरै सेयर किन्नु भयो ?

हो । बैंक अफ काठमाडूंको पहिले पनि थियो । एकदम रिजनेवल प्राईजमा पाएको हुनाले किनेको हो । सिभिलको ठूलो सेयर होल्डर हामी हाँै । सिभिललाई व्यवस्थापन गर्ने, सुधार गर्नुपर्ने, कहिँ कुनै राम्रो बैंकसंग मर्ज गर्ने हिसावले पनि हामी अफर गर्न लागेका छौँ । भोली हाम्रो लगानीले राम्रो प्रतिफल देला भन्ने लाग्छ । हामीले १० बर्ष पहिले स्थापना गरेको बैंकको सय रुपैयाँको सेयरलाई सय रुपैयाँमा नै किनेका छौँ । सिभिल बैंकको सेयर ८ बर्ष अगाडी लगानी गरेको भएपनि त्यहि सय रुपैयाँ हुन्थ्यो भने ८ बर्षपछि पनि त्यति नै भ्याल्यूमा पायौँ ।

सञ्चय कोषले लगानी गरेको अरु बैंकहरुमा संचालक पनि पठाउँछ ?

जहाँ हाम्रो उल्लेख्य लगानी छ, त्यहाँ पठाउँछौँ । हाम्रो उल्लेख्य लगानी भएको हिमालयन बैंक १४ प्रतिशत, बैंक अफ काठमाडूं ५ प्रतिशत, एसविआई बैंक १५ प्रतिशत, सिभिल बैंक ८ प्रतिशत रहेको छ ।

हिमालयन बैंकमा मनोज बहादुर श्रेष्ठ ग्रुपलाई हटाउन राणा ग्रुपसंग मिलेको तपाईलाई आरोप छ नि ?

मलाई त्यस्तो लाग्दैन । म सर्वसम्मत अध्यक्ष छानिएको हो । कसैलाई हटाउनुपर्ने र कसैलाई राख्नुपर्ने सञ्चय कोषको उदेश्य थिएन । तर स्वभाविक रुपमा हिमालयन बैंकमा सञ्चय कोषको पालो पनि आएको थियो जस्तो लागेको छ । लामो समयदेखी सञ्चय कोष त्यहाँ नेतृत्वमा पुगेको थिएन । यो उपयुक्त समय थियो होला जसले नेतृत्व पाए । मैले सर्वसम्मत रुपमा पाएको हो, चुनाव पनि भएन ।

हिमालयन बैंकलाई राष्ट्र बैंकले मर्ज गर्न दवाव दिएको भन्ने सुनिन्छ, सञ्चय कोषले लगानी गरेको अरु कुनै बैंकसंग मर्जरको सम्भावना कति छ ?

सबै बैंकहरुसंग मर्जरको उत्तिकै सम्भावना छ । हामीले एउटा हिमालयन बैंकले सञ्चालकहरुको तर्फबाट मर्जर कमिटि बनाएका छौँ । त्यसले काम गर्दै छ उनीहरुले सबै बैंकहरुको स्टडी गरेर परिणाम ल्याउँछन । त्यसमा सञ्चय कोषको लगानी रहेका वा नरहेका पनि पर्न सक्छन ।

सिभिल बैंकसंग पनि ठूलै चर्चा चलेको छ नि ?

मैले पनि हिजो मात्रै थाहा पाएको हो । उहाँहरुले एउटा प्रस्ताव मात्रै यसलाई एक्वायर गर्दा हुन्छ भनेर सिभिल बैंकको अफिसियल लेटर हिमालयन बैंकमा आएको छ भन्ने थाहा पाएको छुँ । आइकेपछि त्यसमा छलफल होला । बोर्डमा पनि छलफल गर्छाै ।

इन्भेष्टमेण्ट बैंकसंग पनि मर्ज गर्ने हल्ला चल्यो ?

इन्भेष्टमेण्ट बैंक राम्रो बैंक हो । मैले अघि भने सबै बैंकसंग चर्चा चल्ने हो । मर्ज गर्ने एउटा उपयुक्त बैंक इन्भेष्टमेन्ट पनि हुन सक्छ ।

हविव बैंकको सेयर किन्ने विषयमा जुन सीडीसि नआउने भएपछि हविव बैंकको सेयर सञ्चय कोषले नै किन्ने भन्ने चर्चा छ, सत्य हो ?

त्यस्तो औपचारिक केहि छलफल भएको छैन । कोषले उपयुक्त देखिएका प्रोफिट र सुरक्षित खालका बजारमा अप्सन आए भने हामी किन्न पनि सक्छौ । थप्न पनि सक्छौ । फेरि मर्जरको कुरा आईरहेको छ । हामी कुनै बैंकमा मर्जर भएर जाँदाखेरी हिमालयन बैंकमा हाम्रो जुन लगानी सबैभन्दा राम्रो रिटर्न आएको छ । हिमालयन बैंकबाट निरन्तर रुपमा गएको २५ बर्षमा सरदर बार्षिक ३२ प्रतिशत रिटर्न आएको छ । त्यस्तो राम्रो बैंक हुनुमा सञ्चय कोषको प्रतिनिधित्व भएर पनि हुन सक्छ । हाम्रो प्रतिनिधित्व भएर पनि त्यहाँ न्यूटल भूमिका निर्वाह गरेर प्रोफेसनल्ली भएर काम गरेको हुनाले पनि त्यो हुन सक्छ । त्यसकारण भोलीको दिनमा सीडिसी आउने र नआउने थाहा छैन । किनकी अफिसियल्ली हामीलाई केहि पनि जानकारी छैन । भोली हविव बैंकले बेच्ने हो भने हामी छलफल गर्न सक्छौँ ।

सञ्चय कोष र हविव बैंकको प्रतिनिधि विच छलफल भएको छ भन्ने कुरा बाहिर आएको छ नि ?
सिडिसी आउने भईसकेपछि उसले बेच्ने भएकाले हाम्रो पनि स्वीकृति चाहिन्थ्यो । त्यो सन्दर्भमा छलफल भएको हो । तर यो विचमा हविव बैंकको प्रतिनिधि गत फागुन देखी नै भेटघाट नै भएको छैन । अहिले त्यस्तो छलफल चलेको छैन । अनुकुल समयमा कुरा चल्छ होला ।

हबिवको सेयर किनेर हिमालयन बैंकमा १५ प्रतिशतबाट लगानी बढाउने प्लान छ ?

हामीलाई बढिमा २५ प्रतिशत सेयर राख्न मिल्छ । ऐनले २५ प्रतिशतभन्दा बढि लगानी गर्न पाइदैन । हबिबले सेयर बेच्ने भए संचय कोषलाई मात्र बेच्ने कुरा हुँदैन अरुलाइ पनि बेच्न सक्छ । अरु १० प्रतिशत कसले किन्छ त्यहाँ धेरै पार्टनरहरु छन् । पहिलो च्वाईस त्यहाँ भएका ईक्यूटी होल्डरहरुछन् उहाँहरुमा जाने हो । अफर उहाँहरुले किन्नुभयो भने सबैले अनुपातको रुपमा सेयर मिलाउने हो । कसले कति लिने भन्ने कुरा आयो भने हामी बढिमा १०÷११ प्रतिशत लिन सकिन्छ ।

हबिबको सेयर प्राइसमा कुनै कुरा भएको छ ?

कुरा नै अगाडी बढेको छैन । अनुमान के हो भने २.६ डलर परसेयर का दरले हबिवले सिडिसीलाई बेच्न खोजेको थियो भन्ने हबिव बैंकको प्रतिनिधिबाट मैले थाहा पाएको हो । त्यो गत बर्षको कुरा हो । अहिले परिस्थिती फरक भएको छ । प्राईसको कुरामा पहिले उनीहरुले बेच्ने हुनुपर्यो । त्यसपछि किन्ने र बेच्ने इच्छुक पाटी भयो भने मिल्छ । प्राईज त रिजनेवल भयो भने हामीले किन्ने कुरा हो, यदि महंगोमा आयो भने किन्ने कुरा हुँदैन ।

इन्भेष्टमेण्ट बैंकसंग मर्ज गर्न गर्न सीईओ, अध्यक्ष सबै कुरा मिलिसक्यो भन्ने सुनिन्छ नि ?
हामीले मर्जर कमिटि बनाएका छौँ । प्रोसेशहरु शुरु गर्यो होला, छलफल गर्यो होला । त्यसले टाईम टु टाइम रिपोर्ट गर्छ । कमिटिले सम्भावित तीन बैंकहरुको सूची तयार पार्छन । त्यसपछि हामीले छलफल अगाडी बढाउँछौ । मुख्य कुरा मिलेपछि अरु पछिका कुरा हुन् । तर ति पनि महत्वपुर्ण कुरा होलान । सञ्चय कोषको हकमा हामी स्वतन्त्र छौं । बैंक राम्रो होस, राम्रो बैंकसंग मर्जर होस, सञ्चयकर्ताको लगानी त्यसमा सुरक्षित होस, प्रतिफल राम्रो दिन सक्यो भने हामीलाई अरु कुरा चाहिएको छैन ।

तपाई सञ्चय कोषमा आएको दुई बर्षमा एग्रेसिभली काम गर्नुभयो तर हिमालयन बैंकमा अध्यक्ष हुनुहुन्छ, बैंक त एग्रेसिभ छैन किन ?

त्यो रोलमा भूमिका पर्दछ । म त्यहाँको सीईओ भएको भए साना साना एक्टिभिटीहरुमा काम गर्नुपथ्र्योे होला । तर बोर्ड भनेको दुई महिनाको एक चोटी मिटिङ बस्छ ।

सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्