आज ६ वटा मन्त्रालयको बजेटमाथि बहस, के उठ्ला खर्चको प्राथमिकता ? « Arthapath.com
६ असार २०८२, शुक्रबार

आज ६ वटा मन्त्रालयको बजेटमाथि बहस, के उठ्ला खर्चको प्राथमिकता ?



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिने कार्यक्रम तय गरिएको छ ।

प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर सत्र सञ्चालन गरिँदै आएको छ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत ६ वटा मन्त्रालयको बजेटमाथि समूहगत छलफलसमेत हुने कार्यसूची छ ।

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग, वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयहरू छन् ।

बैठकमा बजेट विनियोजन, खर्चको प्राथमिकता र मन्त्रालयगत योजनामाथि बहस हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्