नेरुडे मिर्मिरे लघुवित्तका तीन जना संस्थापक सेयरधनीले कति कति कित्ता बेच्दैछन सेयर ?

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ३७ हजार कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले आफ्ना केही संस्थापक सेयरधनीहरुको नाममा रहेको ३७ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
कम्पनीले सस्थापक प्रकाश बोहोराको नाममा रहेको १६ हजार ४१४ कित्ता, ज्ञानेन्द्र पौडेल १६ हजार ८८९ कित्ता र देवराज पाण्डेको नाममा रहेको ४ हजार ५०० हजार सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आजैका मितिले ३५ दिनभित्र केन्द्रिय कार्यालय बनेपा–३ काभ्रेपलान्चोकमा लिखित जानकारी गराउनुपर्नेछ ।
तोकिएको उक्त अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।