सन्दीप क्षेत्री बने ’फेस अफ रोयल इनफिल्ड नेपाल’, मोटरसाइकल संस्कृतिमा नयाँ आयाम थप्ने विश्वास « Arthapath.com
९ असार २०८२, सोमबार

सन्दीप क्षेत्री बने ’फेस अफ रोयल इनफिल्ड नेपाल’, मोटरसाइकल संस्कृतिमा नयाँ आयाम थप्ने विश्वास



काठमाडौं । बहुप्रतिभाशाली हास्य कलाकार, सामाजिक व्यक्तित्व तथा प्रेरक वक्ता सन्दीप क्षेत्री अब आधिकारिक रूपमा ‘फेस अफ रोयल इनफिल्ड नेपाल’ भएका छन् ।

अल्फा अटोमोटिभ प्रा.लि.ले एक कार्यक्रमका बीच क्षेत्रीलाई ‘फेस अफ रोयल इनफिल्ड नेपाल’ का रुपमा नियुक्त गरेको हो ।
क्षेत्रीसँगको सहकार्यले नेपाली मोटरसाइकल संस्कृतिमा नयाँ आयाम थप्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

दुई दशकभन्दा लामो समयदेखि नेपाली कला, मनोरञ्जन र सामाजिक क्षेत्रमा सक्रिय रहेका सन्दीप क्षेत्री जनमानसमा लोकप्रिय नाम हुन् । उनको सादगीपूर्ण जीवनशैली, साहसिक दृष्टिकोण र आत्मविश्वासपूर्ण व्यवहारले रोयल इनफिल्डको ब्रान्ड भावना, स्वतन्त्रता, जोश र आत्म–अभिव्यक्तिलाई सजीव बनाउने विश्वास कम्पनीले लिएको छ ।

‘रोयल इनफिल्ड नेपालको लागि यो सहकार्य केवल व्यापारिक साझेदारी होइन, साझा मूल्य र दृष्टिकोणमा आधारित यात्राको प्रारम्भ हो’, कम्पनीले विज्ञप्ति मार्फत भनेको छ।

अभियान मार्फत आन्तरिक पर्यटन प्रवद्र्धन, सडक सुरक्षाबारे जनचेतना, ट्राफिक नियमको पालना तथा सामाजिक जिम्मेवारीबारे सशक्त सन्देश प्रवाह गरिने कम्पनीले जनाएको छ ।

सन्दीप क्षेत्रीको मोटरसाइकलप्रतिको गहिरो लगाव र जनप्रियता यस भूमिकाका लागि उपयुक्त बनाएको कम्पनीको ठम्याइ छ । रोयल इनफिल्ड नेपालले क्षेत्रीसँगको सहकार्यले युवापुस्तासँग अझ सघन सम्बन्ध गाँस्न सकिने आशा गरेको छ ।

‘हामी श्री सन्दीप क्षेत्रीलाई हार्दिक स्वागत गर्दै, उहाँसँगको सहकार्यले नयाँ ऊर्जा, नवीन सोच तथा प्रेरणादायी अभियानहरू लिएर आउने पूर्ण विश्वास लिएका छौं’, कम्पनीले भन्यो ।


प्रतिक्रिया दिनुहोस्