अर्थमन्त्रीदेखि व्यवसायीसम्मको साझा धारणाः बजेट–मौद्रिक नीति समन्वय आवश्यक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थमन्त्रीदेखि व्यवसायीसम्मको साझा धारणाः बजेट–मौद्रिक नीति समन्वय आवश्यक



काठमाडाैं । बजेटसंग तालमेल हुनेगरी मौद्रिक नीति आउने सरोकारवालाले विश्वास गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रममा बजेटले ल्याएका नीतिसंग तादम्यता हुनेगरी नीति ल्याउनुपर्ने बताएका हुन्।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीति प्रयाप्त छलफपछि आउनु पर्नेमा छापामार शैलिमा ल्याउन लागेको बताए।

‘मौद्रिक नीतिमा सुझावका कार्यक्रमहरु भैरहेको समयमा साउन पहिलो हप्ता आउने गरेकोमा छिट्टै आउन लागेको देखिन्छ,’ थापा भन्छन्,‘राष्ट्र बैंकले लोन टु भ्यालु रेसियोमा गरेको फेरबदल हुँदा अटोमोबाइल्स व्यवसायी नाखुस देखिएका छन्। नयाँ मौद्रिक नीतिमा बढी चासो देखाएका छन्।’

सरकारले सवारी साधनमा बढी कर लगाउँदा मुद्रास्फिति नबढेपनि लागत नै बढी हुँदा छिमेकी मुलुकको तुलनामा महंगो रहेको छ। नेपालमा अटो एसेम्बल उद्योग, स्पेयर पार्टस्का उद्योग स्थापना भैरहेको बताए।

कार्यक्रमलाई संबोधनगर्दै अर्थमन्त्री विष्णु पौडेलले मन्त्री पौडेलले अर्थमन्त्रीले विद्युतको खपत बढाउनकोलागि ईभीको करलाई स्थिर राखिएको बताए।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै बजेट मार्फत नेपालको उर्जा खपत बढाउनकोलागि विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गरेको बताएका हुन्।

मन्त्री पौडेलले आफु करका नीति र करका दरमा स्थिर नीति लिएको बताएका छन्। अर्थमन्त्रीले बजेट ल्याउने मात्रै नभई कार्यन्वयन समेत जिम्मेवारी रहेको बताए। आगामी वर्षको बजेट कार्यन्वयनको तयारी गरिरहेको बताए।

बजेटमा टेक एन्ड पेको विषयमा अन्यौल भएपनि स्पष्ट पारेसंगै बैंक तथा वित्तिय संस्था, उर्जा उत्पादक लगायत सबै सन्तुष्ट रहेकाले ठिक हुँदै गएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधी बढाउनेगरी मौद्रिक नीति ल्याउनु पर्ने बताए। बजेट र मौद्रिक नीतिमाको समयन्वय भएरै आउने विश्वास व्यक्त गरे।

निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रुपमा लिने सोचले चाहिने भन्दा बढी कडाई गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको बताए।

ढकालले बजेट स्प्रिट अनुसार कार्यन्वयन हुनुपर्ने बताएका छन्। उच्चस्तरिय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएको सुझाव अनुसार ३० वटा कानुन परिवर्तन भैसकेको बताए।

सरकारले बजेटमा हवाई टिकटमा लगाएको भ्याट लगायतका विषयमा हटाउन सुझाव दिएपनि कार्यन्वयन नभएको बताए। आगामी दिनमा सुझाव कार्यन्वयन हुने विश्वास व्यक्त गरे।

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले बजेटसंग समन्वय हुनेगरी नै मौद्रिक नीति आउने विश्वास व्यक्त गरे। ‘वित्त नीतिलाई सहयोग पुग्नेगरी मौद्रिक नीति आओस भन्ने चाहाना छ,’ पाण्डेले भने,‘बजारमा माग बढाउन सहयोग पुग्नेगरी नीति आउनुपर्छ।’

नेपाल चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष दीपक मलोहत्राले रियल इस्टेट व्यवसायमा स्थिर नीति नहुँदा व्यवसायमा विकृती आएको बताएका छन्।

नाडाका अध्यक्ष करण चौधरीले सरकारले समय नदिई युरो ६ लागुगर्दा नेपाल भित्राउन अप्ठेरो अवस्था सिर्जना भएकाले एक पटककोलागि आयात गर्न दिनुपर्ने बताएका छन्। मौद्रिक नीतिको विषयमा नाडाले राष्ट्र बैंकलाई सुझाव दिइसकेको अवस्थामा संबोधन हुने बताए।

नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले बजेटसंग तालमेल हुनेगरी मौद्रिक नीति आउनुपर्ने बताए।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणकर भट्टले मौद्रिक नीतिको विषयमा धेरैका सुझाव समेटेर आउने बताए।

नाफिजका अध्यक्ष मेनुका कार्कीले सरकारले अनुदानको रुपमा १ करोड छुट्टाएको स्वीकार गर्दै पत्रकारको क्षमता अभिवृद्धि हुने बताइन्। उनले ३९ जना नयाँ आर्थिक पत्रकारलाई सदस्यता वितरण गरिएको छ।

३ जना पत्रकार पुरस्किृत

नाफिजले ३ जना उत्कृष्ट आर्थिक पत्रकारलाई पुरस्कृत भएका छन्। भारतमोहन अधिकारी नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट टक्सार म्यागेजिनका रवि थापाले सहकारी पत्रकारिता र आर्थिक पुरस्कारबाट बिजमान्डुकी सरला सुवेदीलाई प्रदान गरिएको छ।

बीमा सम्बन्धी समाचारबाट रेडियो सगरमाथाका उर्बसी बस्नेत पुरस्किृत भएकी छन्।


प्रतिक्रिया दिनुहोस्