अर्थतन्त्र र वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने ३० व्यक्ति तथा संस्थालाई सिआइपी सम्मान, को-को परे ? (सूचीसहित)
काठमाडाैं । सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने ३० महत्वपूर्ण व्यक्ति तथा संस्थालाई महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआइपी) सम्मान गरेको छ ।
बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सिआइपी सम्मानका लागि छनौट भएका ३० व्यक्ति तथा कम्पनीलाई सम्मान गरेका हुन्। सरकारले हरेक दुई वर्षमा सिआइपी सम्मान दिने गरेको छ । ।
व्यवसायीका प्रतिनिधिमुलक संस्थातर्फबाट निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याएका तीन व्यक्ति नेपाल उध्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नृपाल उद्योग परिसंघका निवतएमान अध्यक्ष राजेश कुमार अग्रवाल सम्मानित भएका छन् ।
यसैगरी व्यवसायीका प्रतिनिधिमुलक महासंघतर्फ कार्यविधिको दफा ५ उपदफ १(ज) मा उल्लेखित संस्थाहरु बाहेकका महासंघसंग आबद्ध भएका प्रतिनिधिमूलक वस्तुगत संघसंग सम्बन्धित वस्तुहरु तेश्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा कुल रु १५ अर्ब वा सो भन्दा बढी निर्यात गर्ने महासँघका अध्यक्षहरुमा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्द प्रसाद घिमिरे सम्मानित भएका छन् ।
यसैगरी व्यवसायीका प्रतिनिधिमुलक वस्तुगत संघतर्फ तेश्रो मुलुकतर्फः आर्थिक वर्ष २०७९।८० र २०८०।८१ मा कुल रु ५ अर्ब वा सो भन्दा बढी निर्यात गर्ने वस्तुगत संघका अध्यक्षहरुमा नृपाल छुर्पी व्यवसायी संघ झापाका अध्यक्ष रमेश बहादुर पोखरेल, नेपाल गलैचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डे, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष नरेशलाल श्रेष्ठ सम्मानित भएका छन् ।
यसैगरी तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निकासी गर्ने ऊनी गलैंचातर्फः थर्ड आई इन्टरनेशनल प्रोप्राईटर छेवाङ डण्डुल लामा, तयारी पोशाकतर्फः नेपाल फेशन प्रालिका प्रबन्ध निर्देशक हरि प्रसाद भट्ट, ऊनी फेल्टका सामानहरुतर्फः नेशनल एक्सपोर्टस् प्रालिका सञ्चालक चन्द्र बहादुर थापा, छुर्पीतर्फः मनराम हिमालयन हेण्डीक्राफ्ट प्रालिका प्रवन्ध निर्देशक सुजन कुमार श्रेष्ठ, पश्मिना वस्तुतर्फ ट्राईकोट इष्डष्ट्रीज प्रालिका प्रवन्ध निर्देशक शक्ति कुमार गोल्यान सम्मानित भएका छन् ।
यसैगरी भारततर्फको रकमको आधारमा प्रथम, दोस्रो र तेश्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता तथा उद्योगीहरुमा डाबर नेपाल लिमिटेडका व्यापार प्रमुख हरिकित सिंह बेदी, आरती स्ट्राईप्सका महाप्रवन्धक दिव्यराज सापकोटा, रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका प्रबन्ध संचालक अक्षय गोल्याण सम्मानित भएका छन् ।
यस्तै चीनतर्फको रकमको आधारमा प्रथम, दोस्रो र तेश्रो स्थान हासिल गर्ने १÷१ जना नेपाली निर्यातकर्ता तथा उद्योगी मध्ये छोमेन ट्रेडर्सका प्रोपराइटर पासाङ शेर्पा, फिन्जो सोनाम इन्टरप्राइजेजका म्यानेजर कर्मा छोडुप गुरुङ, अष्ठमँगल, काठमाडौका प्रोराइटर उर्गेन लामा सम्मानित भएका छन् ।
नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुहरूको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्तामा गिफ्टल्याण्ड इन्टरप्राइजेज प्रालिका संचालक पद्म रत्न धाख्वा सम्मानित भएका छन् ।
यसैगरी वाणिज्य नीति २०७२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमकितामा राखेका निर्यात सम्भवनायुक्त वस्तु मध्ये कृषिजन्यवस्तु र जडिबुटी क्षेत्रका वस्तुहरूको सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्यातकर्ताहरुमा कृषि क्षेत्रतर्फ नेपाल एभरेष्ट कार्डामम प्रडक्सन, झापाका अध्यक्ष ओम कृष्ण विमली र जडीबुटीतर्फ एबी हर्बल ट्रेडर्स एण्ड सप्लायर्स, दार्चुलाका प्रोपराइटर जनकराज अवस्थी सम्मानित भएका छन् ।
यस्तै निर्यात व्यापारमा कूल रकमको आधारमा सबभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्तातर्फ जनकपुर रिफाइनरिजकी सञ्चालक रईसा टिवडेवाल समनित भएकी छिन् ।
यसैगरी तेश्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा रु १ अर्ब वा सो भन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनीहरु तर्फ द साँग्रिला कार्पेट एण्ड ह्याण्डीक्राफ्ट ईण्डस्ट्रिज प्रालि, एभरेष्ट फेसन, ललितपुर र त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड सम्मानित भएका छन् ।
यस्तै स्टार्टअपतर्फः तोकिएको निकायमा उद्योग दर्ता भई राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८० अन्र्तगतको परिभाषा भित्र पर्ने आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा रु चार करोड वा सो भन्दा बढी वस्तु वा सेवा निकासी गर्ने स्टार्टअपतर्फ माइण्डफुल क्राफ्ट प्रालिका प्रवन्ध निर्देशक कुबेर सापकोटा सम्मानित भएका छन् ।
बैंकिङ्ग प्रणाली मार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा वढी वैदेशिक मुद्रा भित्र्याउने विप्रेषण कम्पनी तथा व्यवसायीमा र पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल उद्योगी तथा व्यवसायीमा आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाल र एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडका प्रवन्ध सञ्चालक गौरव अग्रवालल सम्मानित भएका छन् । सिआइपी सम्मान
















