८ श्रावण २०८३, शुक्रबार

गरिमा विकास बैंकको डेढ लाख संस्थापक शेयर बिक्रीमा



काठमाडौं। गरिमा विकास बैंकको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकका संस्थापक समूहको ९१ लाख ४५ हजार ८ सय ३४.५६० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याइएको हो।

हालका लागि यस शेयरमा मात्र विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिदको लागि निवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ, जुन बैंकको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

निर्धारित समयसीमा भित्र संस्थापक शेयरधनीहरूले खरिदको लागि आवेदन नदिएको खण्डमा अन्य व्यक्ति वा संस्थालाई पनि बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्