चर्चित केयीले घोषणा ग-यो ‘बबाल अफर’, एक्स थ्री प्रो ईभीमा नगद छुटैछुट
काठमाडौँ । नेपालका लागि केयी इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स र लक्ष्मी ई–मोबिलिटीले केयी ‘बाबल नगद छुट अफर’ को घोषणा गरेको छ ।
कम्पनीले यो अफर केयी एक्स थ्री प्रो ईभी मा आकर्षक डिलहरू ल्याएको छ ।
यस विशेष अफरले ठुलो छुट र रोमाञ्चक फाइदाहरू ल्याएको छ । यस सीमित–अवधि अफर अन्तर्गत, केयी एक्स थ्री प्रो ईभीको मूल सुरुवात मूल्य रु ४८.९६ लाख भन्दा कम, रु ३९.९६ लाखको अतुलनीय मूल्यमा उपलब्ध छ ।
यसका साथै ग्राहकले स्पेयर टायर, ७.३ किलोवाट चार्जर, ६ वर्षको सर्भिस र ८ वर्षको वारेन्टी पनि पाउनेछन् । यो ठुलो छुट र अफरले एक्स थ्री प्रो ईभ लाई यस सेगमेन्टमा सबैभन्दा राम्रो मूल्यको इलेक्ट्रिक एसयूभी बनाएको छ ।
यो विशेष मूल्य नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को समयमा मात्र सीमित अवधिका लागि उपलब्ध छ । काठमाण्डौको भृकुटीमण्डपस्थित हल ए मा रहेको केयीको स्टल नम्बर ए२ (तपाईं प्रवेश गर्ने बित्तिकै दायाँपट्टिको पहिलो स्टल) मा गएर एक्स थ्री प्रो ईभी को अनुभव लिन सकिन्छ ।
एक्स थ्री प्रो ईभी किन रोज्ने ?
१. यस सेगमेन्टमा सबैभन्दा उत्कृष्ट मूल्यको एसयूभी ।
२. १२०।९९ किलोवाट मोटर ।
३. उन्नत सुविधाहरू सहितको स्लिक, प्रिमियम डिजाइन
४. लक्जरी र फराकिलो इन्टेरियर
५. उत्कृष्ट ड्राइभिङ कम्फर्ट
६. सुरक्षित, ध्यान भंग नहुने गरी ड्राइभिङका लागि फिजिकल बटन
७. १८३ मिलिमिटर ग्राउन्ड क्लियरेन्स
८. प्यानोरामिक मूनरुफ
९. अटो होल्ड
१०. लिथियम आइरन फस्फेट ब्याट्री
११. ७.३ किलोवाट चार्जर र स्पेयर ह्वील
१२. स्पेयर पाट्र्स किफायती छन्
केयी एक्स थ्री प्रो ‘बाबल अफर’ नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा भृकुटीमण्डपको हल ए मा रहेको केयीको स्टल नम्बर ए२ (प्रवेश गर्ने बित्तिकै पहिलो स्टल) र देशभरका प्रमुख सहरहरू जस्तै नक्साल, थापाथली, बिर्तामोड, नेपालगन्ज, धनगढी, दाङ, भैरहवा, हेटौंडा, भरतपुर, पोखरा, विराटनगर, र वीरगन्ज मा रहेका आधिकारिक केयी शोरूमहरू मा उपलब्ध हुनेछन ।












