जुलाईमा ३६,७१७ ईभी डेलिभरी गर्दै एक्सपेङले बनायो नयाँ रेकर्ड, नेपालमा पनि ‘जी ६’ को प्रभाव बढ्दै - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जुलाईमा ३६,७१७ ईभी डेलिभरी गर्दै एक्सपेङले बनायो नयाँ रेकर्ड, नेपालमा पनि ‘जी ६’ को प्रभाव बढ्दै



काठमाडौं । ग्लोबल इलेक्ट्रिक इभि ब्रान्ड एक्सपेङले जुलाई २०२५ मा आफ्नो इतिहासकै सबैभन्दा बढी मासिक डेलिभरी ३६,७१७ युनिट पूरा गरेको घोषणा गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २२९ प्रतिशतको बृद्धि हो।

यसले एक्सपेङलाई अन्तर्राष्ट्रिय बजारमा थप उचाइमा पु¥याएको छ, जसले नेपाली उपभोक्तालाई पनि अझ विश्वास दिलाएको छ कि एक्सपेङ एक टेस्टेड, ट्रष्टेड र हाई टेक ईभी ब्रान्ड हो।

नेपालमा एक्सपेङ जी ६ छिट्टै नै सहर केन्द्रित युवा व्यवसायी, ईभी रोज्ने परिवार, र लामो दूरी यात्रा गर्ने चालकहरूको मनपर्ने विकल्प बन्दै गएको छ। यसको स्मार्ट टेक्नोलोजी, आधुनिक डिजाइन, र सहज ड्राइभिङ अनुभवले नेपाली बजारमा प्रिमियम ईभीको परिभाषा नै परिवर्तन गरिरहेको छ।

यद्यपि मोना र पी ७ प्लस नेपालमा उपलब्ध छैनन्, ती मोडेलको अन्तर्राष्ट्रिय सफलताले एक्सपेङ जी ६ मा पनि समान एरोडायनामिक डिजाइन,एआई–पावर्ड ताइन्जी ओएस, ओटिए अपडेट, स्मार्ट पार्किङ, र को–ड्राइभिङ जस्ता फिचरको विश्वास जगाउँछ।

विश्वभर ८ लाख भन्दा बढी एक्सपेङ गाडीहरू डेलिभर भइसकेका छन् र ३.५३ मिलियन टन सीओ २ उत्सर्जन घटाइसकेको तथ्यले एक्सपेङको दिगोपन प्रतिको प्रतिबद्धता र नेपालको सफा उर्जा को लक्ष्यसँग मिल्दो छ।

एक्सपेङ अहिले ४६ भन्दा बढी अन्तर्राष्ट्रिय बजारहरूमा उपस्थित छ र इन्डोनेसियामा स्थानीय उत्पादन सुरु गर्ने तयारीमा रहेको छ। यसले ब्रान्डको दीर्घकालीन उपस्थितिको प्रतिबद्धता र नवप्रवर्तन योजनामा अझै दृढता ल्याउँछ।

नेपालमा विद्युतीय भविष्यप्रति बढ्दो आकर्षणका बीच, एक्सपेङ जी ६ एक स्मार्ट, इफिसियन्ट, र विश्वसनीय ईभीको रुपमा को रुपमा ब्रान्ड उदाएको छ ।


प्रतिक्रिया दिनुहोस्