नागरिकले अनुभुति गर्ने गरि काम गर्न कर्मचारीहरुलाई निर्देशन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नागरिकले अनुभुति गर्ने गरि काम गर्न कर्मचारीहरुलाई निर्देशन

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले लिएको लक्ष्य पुरा गर्न मन्त्रालय अन्र्तगतका निकाय एंव नेतृत्वलाई एक आपसमा समन्वय गरि अघि बढन निर्देशन दिए ।

आज मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले कृषि र मन्त्रालय सँग सम्वन्धीत रहेर उठेका विषय र मन्त्रालयले लिएको लक्ष्य निर्धारित समय भित्रै सम्पन्न गरिसक्न के कस्ता समस्याहरु छन, यि समस्याको समाधानका लागि सामुहिक प्रयास गर्न रहेको बताए ।

मन्त्रीअधिकारीले भने,‘कतिपय विषय अन्य मन्त्रालय तथा निकाय सँग पनि सहकार्य गरि अघि बढनु पर्ने रहेका छन, यी विषयहरुलाईृ पनि प्राथामिकता दिन मन्त्रालय अन्र्तगतका कर्मचारीहरुलाई निर्देशन छ ।’

मन्त्री अधिकारीले छिट्टै विषयगत समितिको बैठक राखी प्रदेश र स्थानीय तह सँग गर्नुपर्ने आवश्यक सहजीकरण मार्फत कृषि र मलका सम्वन्धमा देखिएका समस्या समाधान गर्न सकिने बताए ।

गत आर्थिक वर्षमा मन्त्रालयवाट सम्पादन भएका कार्यहरु महत्वपुर्ण रहेको उल्लेख गर्दे मन्त्री अधिकारीले मुलरुपमा नागरिकले अनुभुति गर्नेगरि सेवा प्रवाहलाई चुस्त र प्रभावकारी वनाउन जरुरी रहेकोमा जोड दिए ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा.जय बहादुर टण्डन , मन्त्रालयका सचिवहरु डा.गोविन्द शर्मा, डा.दीपक कुमार खराल , नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा.कृष्ण तिमिल्सिना , मन्त्रालयका सहसचिव , विभागीय तथा योजना प्रमुखहरुले हाल भएका उपलब्धी , समस्या , आवश्यकता लगायतका विषय राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्