सालपा विकास बैंकको आइपीओ शुक्रवार बाँडफाँट हुने
काठमाडौँ । सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आइपीओ) भोलि अर्थात् पुस ४ गते शुक्रवार बाँडफाँट हुने भएको छ ।
कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरेको आइपीओ शुक्रवार बाँडफाँट हुने भएको हो ।
सालपाको आइपीओमा ७२ हजार १४० जनाले आवेदन दिएका छन् । जसमा १७ हजार २३८ जनाले १०–१० कित्ताका दरले शेयर पाउछन् भने ५४ हजार ९०२ जनाले पाउने छैनन् ।
सालपाको बिक्री प्रबन्धक मुक्तिनाथ विकास क्यापिटल रहेको छ ।













