पाल्पा सिमेण्टको आइपीओ स्वीकृति
काठमाडौं । पाल्पा सिमेण्ट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निषकशन (आइपीओ)को अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट बुधवार अनुमति पाएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ७५ खाल कित्ता शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।













