शिखर पावर डेभलपमेन्टकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शिखर पावर डेभलपमेन्टकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडाैं । शिखर पावर डेभलपमेन्टकाे आईपीओमा आवेदन दिने आज (माघ ९ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले माघ ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हाे ।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड २२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख २२ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।


प्रतिक्रिया दिनुहोस्