बेनी हाइड्रोपावर प्रोजेक्टको आइपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्टले बिक्री गरेको आइपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चारणमा वैदेशिक रोजगारीमा हरेका नेपालीका लागि बिक्री गरेको आइपीओ भर्ने आज बिहीबार अन्तिम दिन हो ।
आइपीओ चैत १ गते देखि बिक्री खुल्ला गरिएको थियो ।
कम्पनीले प्रथम चरणमा प्रतिकित्ता १०० रुपैयाँका दरले १० लाख ४० हजार कित्ता आयोजना प्रभावितका लागि र १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेकोमा वैदेशिक रोजगारीमा रहेकाले आज चैत ५ गतेसम्म मात्रै आवेदन दिन सक्नेछन्। आयोजना प्रभावितको अवधि भने चैत १५ गतेसम्म रहेको छ ।
यसमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २० लाख ८० हजार कित्ता बराबरको २० करोड ८० लाख रुपैयाँको आइपीओ निष्कासन गर्ने भएको हो । अनुमति पाए पश्चात कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपाली कामदार तथा दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्नेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।













