साताको सुरुवातमै नेप्सेमा दोहोरो अंकको गिरावट: परिसूचक २७३५ बिन्दुमा, कारोबार रकम पनि घट्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो कारोबार दिन गत बिहिबार र शुक्रबार घटेको सेयर बजार मापक नेप्से आज पनि लगातार तेस्रो दिन घटेको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २०.२७ अंकले घटेर २७ सय ३५ दशमलव १४ बिन्दुमा रोकिएको हो ।
नेप्सेसँगै यसदिन कारोबार रकममा पनि गिरावट आएको छ। आज ३५५ कम्पनीको ८९ लाख ५१ हजार २९४ कित्ता सेयर ४ अर्ब ७ करोड ४७ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो कारोबार दिन गत शुक्रबार ३५१ कम्पनीको १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता सेयर खरिदबिक्रि हुँदा ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार रूपैयाँको कारोबार भएको थियो ।
यसदिन फाइनान्स समुहकाे उपसूचक बाहेक सबै उपसूचक राताम्य बनेका छन्। आज व्यापार समुहकाे उपसूचक सर्वाधिक १.७७, अन्य १.५० र विकास बैंक समुहकाे उपसूचक १.०३ प्रतिशत घटेकाे छ।
समग्र बजार घटेकाे दिन आज ४३ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने कालिञ्चाेक हाइड्राेपावरकाे सेयर मूल्य १४.९९ प्रिशत र क्रेष्ट माइक्राे लाइफ इन्स्याेरेन्सकाे सेयर मूल्य १३.११ प्रतिशत घटेकाे छ।















