नेप्से साढे ८ अंकले घट्यो, कारोबार पनि २ अर्ब ८३ करोडमा सीमित  « Arthapath.com
११ असार २०८३, बिहिबार

नेप्से साढे ८ अंकले घट्यो, कारोबार पनि २ अर्ब ८३ करोडमा सीमित 



काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे ८ अंकले घटेको छ । आज नेप्से ०.१३ प्रतिशतले घटेर २६५१.५२ विन्दुमा पुगेको छ । 

आज नेप्से घट्दा कारोबार रकम पनि २ अर्बमा सीमित भएको छ । आज पुरै दिनभरमा २ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ बराबरको ६४ लाख ८० हजार ५९९ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा ८३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 


प्रतिक्रिया दिनुहोस्