बैंक अफ काठमाण्डूको डिबेञ्चर २०८६ को सार्वजनिक निष्काशन बन्द - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंक अफ काठमाण्डूको डिबेञ्चर २०८६ को सार्वजनिक निष्काशन बन्द



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले सर्वसाधारण तथा ब्यक्तिगत लगानीकर्ताहरुको दीर्घकालीन लगानीमा उच्चतम् प्रतिफल सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने दृष्टिकोणबाट मंसिर २४ गते देखीे “८.५ प्रतिशत बिओके डिबेञ्चर २०८६” निष्काशन खुल्ला गरेकोमा मंसिर २९ गते सोमबारबाट निष्काशन बन्द गरीएको छ ।

बैंकले निष्काशन गरेको उक्त ऋणपत्रमा लगानीकर्ताहरुको उत्साहजनक सहभागिताले गर्दा निर्धारण गरीएको छिटो अन्तिम मितिमा नै बन्द भएको छ । यस बैंकद्वारा निष्काशन गरीएको ऋणपत्रमा लगानीकर्ताहरुकोे सहभागिताले बैंक र लगानीकर्ताहरुबिचमा रहेको विश्वसनियतालाई पुष्टि गरेको छ ।

बैंकले उक्त ऋणपत्र निष्काशनको लागि श्री नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्