पुस लागेसंगै सुनको मूल्य ह्वात्तै बढ्यो, चाँदी ३० रुपैयाले बढ्यो « Arthapath.com
१ पुष २०७७, बुधबार

पुस लागेसंगै सुनको मूल्य ह्वात्तै बढ्यो, चाँदी ३० रुपैयाले बढ्यो



काठमाडौँ । बुधबार सुन तोलामा ८ सयले बढेको छ । आज सुन एकैदिन तोलामा ८ सयले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय ५० रुपियामाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३० रुपियाँ कायम भएको छ । आइतबार स्थिर रहेको र सोमबार र मंगलबार १–१ सयले घटेको सुन आज भने ८ सयले बढेको हो ।

त्यसैगरी लगातार ३ दिनसम्म स्थिर रहेको चाँदीको मूल्य पनि आज प्रतितोला ३० रुपियाँ बढेको छ ।


प्रतिक्रिया दिनुहोस्