प्रभु लाइफको आइपिओमा २ अर्ब ७७ करोडको आवेदन, ५ लाख ४० हजारलाई १० कित्ता - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रभु लाइफको आइपिओमा २ अर्ब ७७ करोडको आवेदन, ५ लाख ४० हजारलाई १० कित्ता



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको कम्पनीको आइपिओमा व्यापक आर्कषण देखिएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर सर्वसाधारण र कम्पनीको कर्मचारीको लागि निस्काशन गरेकोमा २ अर्व ६६ करोड रुपैयाको आवेदन परेको छ ।

सोमबारदेखी निस्कासन तथा विक्री खुला भएको प्रभु लाइफको सेयरमा सर्वसाधारणले २ करोड ७७ लाख कित्ता आवेदन परेको विक्री प्रवन्धक सिद्धर्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख रिकेश श्रेष्ठले अर्थपथसंग बताए । उक्त आइपीओको लागि आज अन्तिम दिन साढे ४ बजेसम्म २ अर्ब ७७ करोड रुपैयाँ बराबारको आवेदन परेको श्रेष्ठले बताए छ ।

बिहीबार साढे ४ बजेसम्म १० लाख ४४ हजार जनाले २ करोड ७७ लाख कित्ताका लागि आवेदन दिएको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । प्रभु लाइफ कम्पनीको आइपीओमा आज अन्तिम दिन हो । मागभन्दा बढि आवेदन परेकाले आजबाट आइपीओ बन्द गरेको हो । त्यस्तै, कम्पनीको आइपीओमा ५ लाख ४० हजार जनाले १० कित्ता पाउने भएका छन ।

कम्पनीको २ अर्व पुँजीका लागी ६० करोडको आइपिओ निष्कासन गरेको हो । कम्पनीको हाल चुक्तापुँजी १ अर्व ४० करोड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्