सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो

काठमाडौं । सानिमा बैंकले पौष १ गतेबाट निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय थपिएको छ । पौष ५ गतेसम्म आवेदन दिन पाइने भनिएकोमा अब पौष १५ गतेसम्म पुर्याइएको बैंकले जनाएको छ ।
बैंकले पौष १ गतेबाट ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियो । सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्ने भएको हो । सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकले १० वर्ष अवधिको लागि ‘१०।२५ प्रतिशत सानिमा बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गरेको हो ।
