प्रि–ओपनिङ्गमा नेप्से साढे २१ अंकले बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार प्रि–ओपनिङ्गमा शेयर बजार परिसूचक मापक नेप्से २१ अंकले बढेकोे छ । मंगलबार नेप्से २१.५२ अंकले बढेर १ हजार ९८७.४८ अंकमा उक्लिएको हो ।
आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको मात्र शेयरमूल्य घटेको छ । एक कम्पनीको मूल्य स्थीर रहेको छ । ३ हजार ५३४ कित्ता शेयर किनबेच भउर ३३ लाख ८७ हजार ५३५ रुपैयाँको कारोबार भएको छ ।
