रिलायन्स फाइनान्सको १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । रिलायन्स फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैशाख १० गते एक दिनको लागि बुकक्लोज गर्ने भएपछि आज (बैशाख ९ गते, बिहीबार) लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी कायम हुनुपर्नेछ ।
फाइनान्स कम्पनीले १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न बैशाख २२ गते साधारण सभा बोलाएको छ । फाइनान्सको ११ औँ वार्षिक साधारण सभा लैनचौर बैंक्वेट, लैनचौरमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

















